इटहरीमा खुल्याे ३० लाखकाे लुकवेल सलाैन एण्ड मेकअप स्टुडीयाे

  • प्रकाशित मितिः चैत्र 6, 2076
  • 324 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । बिकास निर्माणले फडकाे मारेसंगै प्रमुख ब्यापारिक केन्द्र बनिसकेकाे प्रदेश एककाे इटहरीमा पछिल्लाे समय ठुला सपिङ कम्प्लेक्स तथा ब्यापारिक भवनहरू स्थापना भइ सञ्चालनमा अाइसकेका छन । 

यसैबिच सुनसरीकाे इटहरीमा बिहीबारदेखि लुकवेल शैलुन स्पा एकेडेमि एण्ड मेकअप स्टुडीयाे सञ्चालनमा अाएकाे छ । इटहरीका युवा व्यवसायी किरण सापकाेटा र उनकि श्रीमति अप्सरा न्याैपाने( सापकाेटा )ले संयुक्त रूपमा साे स्टुडीयाे सञ्चालनमा ल्याएका हुन । 

किशाेर किशाेरी तथा अधवैस उमेर सम्मकाे  शाैन्दर्य सम्बन्धि सम्पुर्ण कामहरू एकै स्थानबाट सेवा उपलब्ध गराउने उद्येश्यसहित साे स्टुडीयाे सञ्चालनमा ल्याइएकाे सञ्चालकहरूले बताएका छन । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले औपचारीक   उदघाटन गरेसंगै उक्त स्टुडीयो सञ्चालनमा आएको हो । 

स्टुडीयो समुदघाटन गर्दै अध्यक्ष पौडेलले पछिल्लो समय घरभित्रको चुलो चौकामै सिमित रहने नारीहरू अहिले बिभिन्न  व्यवसायहरूमा लागेको बताए । बचेको समयलाइ सदुपयोग गर्दै यस्ता व्यवसायमा लाग्दा रोजगारको खोजिमा  भौतारिएर बिदेशिनेहरूलाइ गतिलो उदहारण बनेको अध्यक्ष पौडेलको भनाइ छ । 

प्रदेश एकको अन्य शहरहरूको तुलनामा इटहरी धेरै बिकासोन्मुख शहरको रूपमा परिचित बनिसकेको बताउदै किशोर किशोरीहरूको शौन्दर्यलाइ ध्यानमा राख्दै रू ३० लाखको लागतमा लुकवेल शैलुन स्पा एकेडेमि एण्ड मेकअप स्टुडीयो सञ्चालनमा ल्याएको सञ्चालिका  श्रीमति अप्सरा न्यौपाने (सापकोटा) ले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस