बिराटनगरको रोडशेषमा साबुन पानीले हात धुन सिकाउदै युवा व्यवसायी …

  • प्रकाशित मितिः चैत्र 10, 2076
  • 59 पटक पढिएको
  • प्रदेश दर्पण

बिराटनगर । मोरङको बिराटनगरमा पहिलो पटक प्राइबेट कम्पनिको तर्फबाट जानकि पोलिटेंक र सौगात हार्डवेयरले कोरोना भाइरस संक्रमण बिरूद्ध सामाजिक अभियान चलाएका छन ।

भारतको जोग्निबाट नेपाल आएका नागरिक र नेपालबाट भारत तर्फ जाने नागरिक दुवैलाइ सहज हुनेगरी मुख्य प्रवेसद्वारमा उक्त कम्पनिले शुद्ध खानेपानीको ब्यवस्था मिलाइ आवत जावत गर्नेहरूलाइ निशुल्क मास्क बितरणका साथै हात धुने तरिका सिकाइरहेको छ ।

चिनबाट सुरू भएको कोरोना भाइरस ( कोभिड १९ ) को संक्रमण छिमेकि मुलुक भारत सम्म आइपुगेपछि नेपालको यसको उच्च सतर्कता अपनाउदै उक्त कम्पनिका प्रतिनिधिहरूले सिमा क्षेत्र प्रवेस गर्ने मुख्य मोडमा सचेतना फैलाउन यस्तो सामाजिक अभियान चलाएको बताइएको छ ।

बिराटनगरस्थित जानकि पोलिटेंक तथा सौगात हार्डवेयरका सञ्चालक सन्तोष कुमार चौधरीका अनुसार महानगर १० अन्तरगत रोडशेष चौक जहा दैनिक शयौको संख्यामा भारतीय नाका जोगवनिबाट नेपाल छिर्ने र नेपालीहरू पनि किनमेलका लागि जोगवनि जाने गर्दछन त्यसस्थानमा खानेपानी सहित सेनिटाइजर र साबुन पानी राखेर आवतजावत गर्नेहरूलाइ भाइरसबाट बच्नेतरीका जानकारीमुलक शन्देस दिइने गरेको छ ।

अझ त्यसमा पनि निशुल्क मास्क बितरण गरिनुका साथै मास्क कसरि लगाउने र साबुन पानिले हात कसरी धुने त्यो तरिका समेत सिकाउदै पठाइएको सौगात हार्डवेयरका सञ्चालक चौधरीले बताए । उक्त अभियानमा कलाकार तथा मोडल दिनेस कोइराला , नेपालका पूर्व राष्ट्रिय खेलाडी एवम नागरिक समाज इटहरीका सुरेन्द्र तामाङ , जानकि पोलिटेंक बिराटनगरका प्रतिनिधिहरू , पत्रकार लगायतको सहभागिता रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस