निशुल्क काेरली बाच्छी पाएपछि इटहरीका कृषकहरू दंग

  • प्रकाशित मितिः जेठ 31, 2077
  • 46 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी /  इटहरी उपमहानगरपालिका पशुपन्छी विकास शाखाले कोरली बाच्छी वितरण गरेपछि विपन्न कृषकहरूमा   खुसियाली छाएको छ । इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले वडा न १, २ र २० का कृषकलाई तिन चरणमा बाच्छी बितरण गरेको हो ।आइतबार इटहरी उपमहानगरपालिका वडा न २ मा २५ वटा बाच्छी वितरण गरेको हाे ।

उन्नत जातका १ देखि २ बर्ष सम्मका जर्सि तथा अन्य जातका बाच्छाहरू साे क्षेत्रका कृषकहरूलाइ अनुदानमा दिइएकाे हाे ।अनुदानमा गाइकाे बाच्छी पाएपछि कृषकहरू दंग परेका देखिन्थे ।  । उपमहानगरले आफ्नै लगानिमा ठाउँ बनादिएर बाच्छी कुनै एक निश्चीत ठाउँमा संयुक्तरूपमा पालिने जानकारी दिएकाे छ।    हामिलाई पहिलेबाट नै चाहेको कुरा आज पुरा भएको कृषक अनिल कुमारी राई बताछिन ।

  कृषि पेशा गर्ने कृषकले सुरूवाति चरणबट नै बिभिन्न कृर्षी जन्य उत्पादन गर्दै आएको र यतिखेर जिबिकोपार्जनका लागी बाच्छी पाउदा खुसि लागेको अर्का कुषक यसोदा दाहाल बताउछिन ।  उपमहानगरले सतप्रतिशत अनुदानमा गाई वितरण गरेको र आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषकलाई कोरोली बाच्छी वितरण गरिएको उपमेयर लक्ष्मी गौतमले बताइन ।

कृषकलाई यसरी बाच्छी वितरण गर्दा इटहरीलाई दुधमा आत्मनिर्भर वनाउने उपमहानगरको अभियानलाई सहयोग पुग्ने उपमेयर गौतमको भनाई छ ।  यसरी कृषले पाएका बाच्छीको पुर्ण अधिकार कृषकलाई नै भएतापनि बिक्री बितरण गर्न भने ७ बर्ष सम्म नपाइने उपमहानगरपालिकाले जनाएको छ । त्यसपछि भने कृषकले नै बिक्री गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस