इटहरीका मेयर भन्छन – ''बाेलेकाे बचन पुरा गर्न सकिन भने राजनीतिबाटै सन्यास लिन्छु "

  • प्रकाशित मितिः जेठ 31, 2077
  • 245 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी/ इटहरीका मेयर द्धारिकलाल चौधरीले अवको दुईबर्षभित्र इटहरीका सवै मुलवाटोहरु कालोपत्रे गरिसक्ने वताउनुभएको छ । सप्तकोशी एफएममा कार्यक्रम हेल्लो मेयरमा कुरा गर्दै उहाँले आफनो कार्यकालमा त्यति गर्न नसके राजनीतिवाटै सन्यास लिने वताउनुभयो ।

उहाँले भन्नुभयो “गाँउका मुलवाटोहरु पनि कालोपत्रे गर्न नसके किन राजनीति गर्नु ?” गाँउ गाँउका जनतालाई उपमहानगरवासी भएको अनुभूति दिलाउन वहुबर्षे सडक योजना अन्र्तगत मुल वाटोहरु कालोपत्रे गर्ने कार्य धमाधम संचालन भइरहेको मेयर चौधरीले वताउनुभयो । गाँउ गाँउमा कालोपत्रे सडक वनिरहदा जनता खुशि र उत्साहित वनेको उहाँको भनाई छ ।

वहुवर्षे योजना वाहेक ढेक्का मार्फत १७ वटा योजनाको निर्माण कार्य जारी रहेको वताउनुभयो । चालु आर्थिक वर्षमा उपभोक्ता समिति मार्फत संचालन गरिने ४सय ८० वटा वडास्तरीय योजना स्वीकृत भएकोमा १सय ३४ वटा सम्पन्न भइसकेको जानकारी दिनुभयो । २ सय ५९ योजना धमाधम संचालन भइरहेका छन । उहाँका अनुसार २सय १० वटा नगरस्तरीय योजना स्वीकृत भएकोमा २सय६ वटाको सम्झौता भई ६१ वटा सम्पन्न भएका छन ।

१सय ४५ वटा योजनाको निर्माण कार्य भइरहेको छ । इटहरीमा भौतिक पूर्वाधार निर्माण तर्फ उल्लेख्य प्रगति हुने मेयर चौधरीको दावी छ । आगामी आर्थिक बर्षमा भौतिक पूर्वाधार निर्माण,स्वास्थ्य र कृषिलाई प्राथमिकता दिइने वताउनुभयो । आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषिमा आत्मनिर्भर वनाउन उल्लेख्य वजेट विनियोजन गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस