मिनि पावर ट्रिलर पाएपछि इटहरीका कृषकहरू उत्साहित

  • प्रकाशित मितिः जेठ 32, 2077
  • 48 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । इटहरी उपमहानगरले खनजोत गर्न मिनि पावर ट्रिलर उपलब्ध गराएपछि कृषकहरु उत्साहित भएका छन ।

 आइतबार विहान उपमहानगर परिसरमा प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले ११ वटा पावर ट्रिलर कृषकहरुलाई हस्तान्तरण गरेका हुन । कृषिसमूह र उद्यमी कृषकलाई मिनि पावर ट्रिलर हस्तान्तरण गरिएको हो ।

kk मिनि पावर ट्रिलर प्राप्त भएपछि अव खेतिपातीमा धेरै सजिलो हुने इटहरी १५ की तरकारी खेति गर्ने कृषक शर्मिला चौधरीले बताइन ।उनले खुशी हुदै भनिन “गोरुले जोतेर आफै खनजोत गरेर तरकारी खेति लगाउदै आएकी थिएँ,नगरपालिकाले ठूलो गुन लगायो अव सजिलो भयो । ” उनले १५ कट्ठा जग्गामा तरकारी खेति लगाउदै आएकि छिन ।

इटहरी उपमहानगरको ७५ प्रतिशत लगानीमा मिनि पावर ट्रिलर वितरण गरिएको हो । इटहरी उपमहानगरले इटहरीलाई कृर्षीमा आत्मनिर्भर वनाउन विभिन्न कार्यक्रम र अनुदानमा विभिन्न कृषि सम्वन्धी समाग्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस