बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन्।उनी आइतबार बिहान मुम्बाईस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।३४ वर्षीय सुशान्तले के कारणले आत्महत्या गरे भन्ने विषयमा केही नखुलेको बताइएको छ।
मुम्बई प्रहरी अहिले उनको घरमा पुगेर अनुसन्धान सुरु गरेको छ। उनी ६ महिनादेखि डिप्रेसनमा रहेको भन्दै प्रहरीले डिप्रेसनकै कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।
टेलिसिरियलबाट करिअर सुरुवात गरेका उनको पहिलो सिरियल ‘किस देशमे हे मेरा दिल’मा अभिनय गरेका थिए। उनको विशेष परिचय भने एकता कपुरको धारावाहिक सिरियल ‘पवित्र रिस्ता’बाट मिलेको थियो।
यसपछि उनी ‘काइ पो चे’मार्फत बलिउडमा प्रवेश गरेका थिए। यसमा उनको अभिनयको निकै चर्चा भएको थियो। यसपछि उनी ‘शुद्ध देशी रोमान्स्’, भारतीय क्रिकेट टिमका पूर्वकप्तान एमएस धोनीको जीवनीमा आधारित फिल्म ‘एमएस धोनी : द अन टोल्ड स्टोरी’, 'पिके', 'सोन चिडिया और छिछोरी’ जस्ता फिल्ममा काम गरेका थिए।
उनलाई सबैभन्दा चर्चा दिलाउने फिल्म बनेको थियो धोनीको जीवनीमा आधारित फिल्म । यसमा उनको अभिनयको अहिलेसम्म पनि चर्चा गरिँदै आएको छ। केहीदिन पहिले उनका पूर्व म्यानेजर दिशा सलियनले घरको छतबाट हामफालेर आतमहत्या गरेका थिए।
सुशान्त सिंहको जन्म पटनामा भएकामे थियो । सन् २००० को सुरुवातमा उनको परिवार दिल्लीमा बसेको थियो । सुशान्तका चार दिदी बहिनी छन् । तीमध्ये एक मीतू राज्य स्तरकी क्रिकेट खेलाडी हुन् ।
प्रतिक्रिया दिनुहोस
तेजबहादुर बन इटहरी । नेपाल सरकारका पर्यटन तथा न... ... ...
तेजबहादुर बन इटहरी । तोकिएको स्थान भन्दा बाहिर... ... ...
इटहरी । २०७४ साल असोज १ गतेबाट प्रदेश १ लाइ हर्न नि... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved