भारतबाट इटहरी आएका पुरूषमा कोरोना पुस्टी : उपमेयर भन्छिन –आत्तीनु पर्ने अवस्था छैन

  • प्रकाशित मितिः असार 2, 2077
  • 634 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । केहि दिन अघि भारतबाट इटहरी घर आएका एक पुरूषमा कोरोणा संक्रमण पुस्टी भएको छ । इटहरीस्थित जनता कलेजको क्वारेन्टाइनमा बसेका ५० बर्षिय पुरुषमा कोरोना पोजेटिभ भेटिएको इटहरी उपमहानगरकी उपमेयर लक्षमी गौतमले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा रहदा ज्वोरो र रूघाले सताएपछि उनलाइ उपचारको लागि बिराटनगरस्थित कोशी अञ्चल अस्पताल लगिएको थीयो । काेराेना पुस्टी भएका उक्त पुरूष इटहरी उपमहानगर १८ का वासिन्दा हुन । उनि केहि दिन अघि भारतबाट इटहरी आएका थीए । 

अस्पतालले कोरोना संक्रमणको आशंका सहित चेक जाच गर्दा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त पुरूषलाइ कोरोना संक्रमणको पुस्टी भएको इटहरी उपमहानगरकि उपमेयर लक्षमी गौतमले बताउनुभयो । 

हाल उक्त पुरूषलाइ  मंगलबार दिउसै वीपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान काेभिड अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएको छ उपमेयर गौतमले बताउनुभयो । यस अघि पनि इटहरी २ का एक युवकमा कोरोना संक्रमण देखिएको थीयो । हाल उनि उपचार पछि  घर फर्किसकेका छन ।

यता इटहरीमा काेराेना संक्रमण फेला परेसंगै जनमानसमा सन्त्रास फैलिन नदिन इटहरीकि उपमेयर लक्षमी गाैतमले सामाजिक दुरी कायम गरी आफैमा सजकता अपनाउन अनुराेध गर्नुभएकाे छ । उनले इटहरीका एक पुरूषमा काेराेना पुस्टी भएपनि आत्तीनु पर्ने अवस्था नरहेकाेले सजकता अपनाउदै काम गर्न अनुराेध गर्नुभएकाे हाे । 

प्रतिक्रिया दिनुहोस