काठमाडौं । पूर्वी लद्दाखको गलवान घाँटीमा भारत र चीनको सीमा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा दशकौं पछि पुनः तनावको स्थिती देखिएकाे छ । सोमबार राति चीन र भारतको सेनाबीच भएको हिंस्रक झडपमा २० भारतीय सैनिकको मृत्यु भयो ।
शुरुमा तीन जवानको मृत्युको खबर आएको थियो तर पछि भारतीय सेनाले आफैं बयान जारी गरेर गम्भीर रुपमा घाइते अन्य १७ जवानको पनि मृत्यु भएको जानकारी दिएको थियो । तर चीन याे विषयमा अझै बोलेको छैन ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पूरा घटनाबारे भने, ‘दुबै देशका सिनियर कमाण्डरबीच बैठक भयो र तनाव कम गर्ने विषयमा सहमति बन्यो । सबैकुरा छलफलको हिसाबले अघि बढ्ला भन्ने हामीले आशा गरेका थियौं ।
स्पष्ट छ कि अब हामी थप विवाद चाहँदैनौं
भारतीय मिडियामा पनि मंगलबार यहि कुराको छलफल भइरह्यो । केहि मिडियाले चिनियाँ सैनिकको मृत्यु भएको संख्या नै तोकिदियो । तर अहिलेसम्म यसबारे केहि स्पष्ट जानकारी छैन ।
आ–आफ्ना नागरिकको हित र आशाका अनुसार सम्बन्धलाई सहि बाटोमा अघि बढाएर सहमतिमा पुगेर त्यसको पालना गर्नु नै दुबै देशको आवश्यकता हो । हामीलाई आशा छ कि भारतीय पक्ष हामीसँग काम गर्नेछ र दुई देश एकैसाथ अघि बढ्नेछौं ।’ पिटिआईले सोधेको ‘अब सीमामा हिंस्रक झडप हुँदैन ?’ भन्ने प्रश्नको जवाफमा चाओ लिजियानले भने, ‘स्पष्ट छ कि अब हामी थप विवाद चाहँदैनौं ।’
प्रतिक्रिया दिनुहोस
'दलिन अड्याउन बलियो थाम चाहिन्छ'... ... ... ...
इटहरी । सुनसरी जिल्लालाइ साक्षर जिल्लाको रूपमा घ... ... ...
इटहरी । पृथ्वीमान तुम्खेवा लिम्बू र सविना योङहा... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved