काेराेना जितेर घर फर्किइन नायिका अभिनेत्री निरिशा बस्नेत

  • प्रकाशित मितिः असार 7, 2077
  • 202 पटक पढिएको
  • प्रदेश दर्पण

काठमाडौं । अभिनेत्री निरिशा बस्नेतले दुई सातामा कोरोना संक्रमणलाई जितेकी छिन् । छोरीले कोरोना जितेर शुक्रबार बेलुका अस्पतालबाट डिस्चार्ज भएको उनका बुबा उनका अभिनेता विश्व बस्नेतले जनाएका छन् । बस्नेतले शनिबार फेसबुकमा एउटा स्टाटस लेख्दै कोरोना जितेर छोरी घर फर्किएको जानकारी गराएका हुन् ।

विगत चार वर्षदेखि मुम्बईमा बसेर उतै भारतीय टेली चलचित्रमा अभिनय गर्दै आएकी अभिनेत्री निरिशा विगत दुई साताअघि कोरोनाबाट संक्रमित भएकी थिइन् ।त्यतिबेला श्वासप्रश्वासको समस्या भएपछि परीक्षण गर्न गएकी उनलाई परीक्षणको क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

त्यसपछि लगत्तै उनी अस्पताल भर्ना भएकी थिइन् ।आफूसँगै बस्ने साथीमा कोरोना पोजेटिभ पाएपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि परीक्षण गर्दा कोरोना संक्रमित देखिएको उनले दुई साताअघि नै इन्स्टाग्राममार्फत बताएकी थिइन् । निरिशाले नेपाली चलचित्र ‘जानी नजानी’ मुख्य नायिकाको रूपमा अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस