काेराेना बिभेद : बिशिस्ट स्थानमा उच्च सतर्कता : गाउँ शहरमा भद्रगाेल

  • प्रकाशित मितिः असार 9, 2077
  • 98 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । प्रदेश एकको राजधानी तोकिएको मोरङको बिराटनगर स्थित मुख्य मन्त्री कार्यालय परिषदको गेटैमा राखिएको छ हात धुने साबुन पानी सेनीटाइजर । त्यहा प्रवेश गर्ने जो कोहिलाइ पनि नियमित ज्वोरो नाप  सहित साबुन पानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न लगाएर मात्रै भित्र प्रवेश गर्न दिइन्छ । अझ भित्र छिरिसकेपछिको कुरै नगरौ कोठै पिच्छे सेनिटाइजरको प्रयोग भएको देखिन्छ । कसैलाइ संका लागे झट्ट पिसिआर चेकिङको पनि व्यवस्था मिलाइन्छ ।

यो थीयो बिराटनगर स्थित मुख्यमन्त्री कार्यालय हाता भित्रको दृस्य अब कुरा गरौ मोरङकै बिराटनगर स्थित सिमा नाका जोगवनि त्यहा पनि यस्तै दृस्यहरू देख्न पाइन्छ । अहिले सो नाका पुरै बन्द गरिएको अवस्था छ । तर पनि त्यहा रहेका नेपाली तथा भारतीय उच्च अधिकारीहरूका लागि भनेर सम्पूर्ण सेवा सुविधा राखेर काम भइरहेको प्रस्ट देख्न सकिन्छ ।

सरकारले कोरोनाबाट जोगिन उच्च सतकर्ता अपनाउन मातहतका कार्यालय र आम नागरिकहरूलाइ अनुरोध गर्नु स्वोभाविक हो । तर जुन सेवा सुविधा प्रदेश एक मुख्य मन्त्रीको कार्यालय र सिमा नाकाहरूमा अपनाइएको छ त्यो स्थानीय सरकार र जनस्तरमा छ यस्को अनुगमन कस्ले गर्ने ?

नेपालसंग सिमा जोडिएका नाकाहरूमा अवस्थित उच्च अधिकारी , प्रदेश सरकारका मुख्यमन्त्री देखि तल्लो तहको कर्मचारीहरूले कोरोनाबाट जोगिन उच्च सतर्ता अपनाएकै कारण हाल सम्म त्यस क्षेत्रमा कार्यरत कुनै कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको छैन । मुख्यमन्त्री , उनका सहयोगी ,लगायत अन्य मन्त्री र तिनका सहयोगी साथै अन्य कर्मचारीहरूमा अहिले सम्म कोरोना भाइरसको संक्रमण देखिएको छैन किनकी उनिहरूले उच्च सतर्कता अपनाएका छन। 

तर सामान्य जनस्तरमा के कस्तो सावधानी अपनाइएको छ त्यसको लेखा जोखा कसैले गर्न सकेको छैन ? स्थानीय सरकार आगामि असार १० गते भित्र बजेट ल्याइसक्ने तरखरमा जुटेको छ । प्रदेश सरकार आफ्नै तालमा कुदेको छ । यता सामान्य स्तरका जनताको अवस्था जहा को त्यहि छ । त्यसमा पनि अहिले कोरोनाको महामारीले सम्पुर्ण क्षेत्र डामाडोल बनेको छ । 

प्रदेश एकका १४ जिल्लाहरू मध्ये सिमा जोडिएका क्षेत्रहरूमा कोरोना बाट जोगिन उच्च सर्तकता अपनाइएपनि स्थानीय स्तरका शहर बजारहरूमा भने त्यस्तो छैन ।  यसलाइ सरसर्ती हेर्ने र बुझ्ने हो भने कोरोना भाइरस संक्रमण फैलन नदिन सिमा नाकाहरू र बिशिस्ट स्थानहरूमा मात्रै उच्च सतर्कता अपानाइएको देखिएको छ । बाकि रहेको स्थानीय तहसंग जोडिएका गाउ तथा सहर बजारको अवस्था भने भद्रगोल रहेको छ । न कुनै उच्च सतर्कता न कुनै सावधानी ! स्थानीयलाइ त कोरोना टेस्ट कहा गर्ने त्यो सम्म जानकारी छैन । 

सरकारले लकडाउन खुकुलो पारेसंगै नेपालमा कोरोना संक्रमितहरूको संख्या ह्वात्तै बढिरहेको बेला प्रदेश एक पनि अछुतो रहन सकेको छैन । प्रदेश एकमा हाल सम्म ४६३ जनमा कोरोना संक्रमण पुस्टी भैसकेको छ ।  प्रदेश एकको मुख्य सहरहरूमा अहिले सबै जसो बजार ब्यवसायहरू खुल्ला गरिएका छन ।

खुलेको ब्यवायहरू अन्तरगत ब्यवसायीहरूले कोरोनाबाट बच्न उच्च सतर्कता अपनाएका छैनन ।  दैनिक मानिसहरूको चहल पहल बढदो छ । सार्वजनिक सवारी साधनहरू खुल्ला नभएपनि नीजि संगै अन्य सवारीहरू खुल्ला गरिदा त्यहाबाट निम्तिने जोखिम बेग्लै छ । त्यसमा पनि स्थानीयहरू आफैमा हेलचेक्राइ बढदो छ । प्रदेश एकको मुख्य केन्द्रबिन्दु मानीने सुनसरीको इटहरी उपमहानगरलाइ हेर्ने हो भने पनि अब्यवस्थित बजार र त्यस्ले बढाएको भिडले कोरोना भाइरस संक्रमण फैलाउने जोखिम बढदो छ । 

खुलेका अधिकांस व्यवसायका सञ्चालकहरूले कोरोना भाइरसबाट बच्नको लागि सामाजिक दुरी समेत कायम नगरी व्यवसाय सुचारू गरेको प्रस्ट देखिएको छ । नेपालमा भयावह स्थिती बन्न सक्ने  कोरोना भाइरसलाइ स्थानीयहरूले सामान्य रूपमा लिदै आएको प्रस्ट देखिन्छ । भाइरसकै कारण नेपालमा २३ जनाले ज्यान गुमाइसकेका छन ।

यता  सुनसरीको सिमावर्ति क्षेत्रहरूको त कुरै नगरौ दैनिक भारतको बिभिन्न जिल्लाहरूबाट नेपाल प्रवेश गर्नेहरूको संख्या बढदो छ । उनिहरूलाइ आफ्नो घर जान नदिएपनि सोझे स्थानीय सरकारले बनाएको क्वारेन्टीनमा राखिने गरेको छ । तर कतिपय भागेर गाउ पुसेका छन त कतिले क्वारेन्टिननै छोडेर हिडेका पनि छन । 

सुनसरीको हरिनगरा गाउपालीका , कोशी गाउपालीका , बराहक्षेत्र नगरपालीका , बुढी गंगा नगरपालीका , रामधुनी नगरपालीका ,इटहरी उपमहानगर हुदै धरान उपमहानगरपालीका सम्म आइपुग्दा कोरोना संक्रमितको संख्या ६६ पुगीसकेको छ । यति हुदा हुदै पनि सम्बन्धित निकायले तत्काल चासो नराखे प्रदेश एक पनि भोलि गएर कोरोनाको जकडमा नपर्ला भन्न सकिदैन त्यसैले आफैमा सजकता अपनाऔ । नियमित रूपमा साबुन पानीले हात धुऔ र सेनिटाइजरको प्रयोग गरौ ।  बजार निस्कदा सामाजिक दुरी कायम गरौ । आफू पनि बचौ र अरूलाइ पनि बचाऔ ।

प्रतिक्रिया दिनुहोस