दोषीलाई कारवाहीको माग गर्दै इटहरीमा सिठ्ठी जुलुस प्रर्दसन

  • प्रकाशित मितिः असार 10, 2077
  • 63 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । रुकुम जिल्लामा ६ जनाको ज्यान जाने गरी गत जेष्ठ १० गते भएको घटनाको निन्दा तथा दोषीलाई कारवाहीको माग गर्दै सुनसरीको इटहरीमा संयुक्त दलित संघर्ष समितिले सिठ्ठी जुलुस प्रर्दसन गरेको छ ।

युवा युवती प्रेम सम्वन्धको विषयलाई लिएर नवराज विक लगायतको हत्या गरिएको भन्दै हत्यामा संलग्नहरुलाई कारवाहीको माग तथा जातिय विभेद अन्तयको माग राख्दै संयुक्त दलित संघर्ष समितिले सिठ्ठी जुलुस प्रर्दसन गरेको हो । सिठ्ठी जुलुसका सहभागीहरुले इटहरीको मुख्य चौक क्षेत्रमा सिठ्ठी बजाउदै इटहरी उपमहानगरपालिका अगाडि पुगेर कोण सभा गर्दै दोषीलाई कारवाहीको माग गरिएको थियो ।

कोणसभाका वक्ताहरुले नेपाल जातियमुक्त घोषणा भएको देश भएपनि अन्तरजातिय प्रेम विवाह गर्न खोज्दा ज्यानै गुमाउनु पर्ने निमर्म घटना घट्नु अत्यान्त निन्दनीय रहेको भन्दै नेपालको संविधान र कानुन बमोजिम घटनामा संलग्नहरुलाई हदै सम्मको सजायको माग गरेका छन ।

त्यसै गरी वक्ताहरुले पिडितलाई न्याय र सामाजिक सुरक्षाको व्यवस्था मिलाउन नेपाल सरकारसंग माग राखे कोण सभामा नेपाली काग्रेस इटहरीका उपसभापति शिवराज दाहाल , दलित अधिकारकर्मी तथा जनचेतना संस्थाकी अध्यक्ष शिला गजमेर , जनता समाजवादी पाटीका नेता पदम अधिकारी लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस