बलिउडमा फेरी अर्काे धक्का , १६ वर्षिया टिकटक स्टारले गरिन आत्महत्या

  • प्रकाशित मितिः असार 12, 2077
  • 664 पटक पढिएको
  • प्रदेश दर्पण

दिल्ली / बलिउडका नायक सुशान्त सिंह राजपूत देहत्याग गरेको एक हप्ता नबित्दै बलिउडको अर्की एक टिकटकमा चर्चित कलाकारले पनि त्यहि बाटो अपनाएकी छन् । १६ बर्षीया टिकटक सेलिब्रेटी सिया कक्करले बिहीवार दिल्लीमा देहत्याग गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनको निधन खबर सार्वजनिक गरेका बलिउड कलाकारले उनी सम्बन्धीत एजेन्सीसँग कुरा गरेको र अन्तिम रातसम्म उनी राम्रै मुडमा रहेको बताएका छन् ।

२३ घण्टाअघि उनले इन्ट्राग्राममा टिकटक भिडियो सेयर गरेकी छिन् । जसमा उनले देहत्यागको लागि कुनै संकेत गरेकी छैनन्। उनले किन यस्तो गरिन् भन्ने बारे केही खुलेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस