माया मारिसकेकाे माेबाइल फिर्ता पाउदा....

  • प्रकाशित मितिः असार 14, 2077
  • 101 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी /  इलाका प्रहरी कार्यालय इटहरीले अाइतबार हराएका तथा चाेरी भएका बिभिन्न माेडलका माेबाइल सेटहरू सम्बन्धित धनिहरूलाइ बुझाएकाे छ । अाइतबार प्रहरी कार्यालय परिषरमा पत्रकारहरूमाझ साे माेबाइलहरू सउम्बन्धित धनिलाइ बुझाएकाे हाे । प्रहरीले बिभिन्न समयमा हराएकाे वा चाेरी भएका ४५ थान माेवाइल सेट फला पारी माेबाइल धनीहरूलाइ बुझाएकाे जनाएकाे छ ।

ईलाका प्रहरी कार्यालय ईटहरीमा सीडीआर शाखा स्थापना भएदेखि बिभिन्न ब्राण्डका अन्दाजी ५५ लाख ८६ हजार मुल्य बराबरका २३१ थान मोवाईल फेला पारी सम्बन्धीत धनीलाई बुझएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

माया मारिसकेकाे माेवाइल पुनः पाउदा सम्बन्धित धनीहरूले प्रहरीकाे काम प्रति खुशी ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थीए । 

प्रतिक्रिया दिनुहोस