बाढी अगावै टेंग्राको उपद्रो : दुइ घरमा क्षती 

  • प्रकाशित मितिः असार 14, 2077
  • 554 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । वर्षा याममा वर्षेणी बाढीको समस्या झेल्दै आएको इटहरी उपमहानगरका बिभिन्न क्षेत्रहरू यो वर्ष पनि पुन समस्यामा परेका छन । ४ दिन देखि लगातार परेको पानीले टेंग्रा खोलामा आएको भेलले इटहरीको २ घरमा क्षती पुर्याएको छ । वर्षायाम सुरू भएपनि बाढी आउनुअघीनै टेंग्रा  खोलाले डिल भत्काउदै स्थानीयको २ घरमा क्षती पुर्याएको हो । खोलाले इटहरी ४ स्थित खगेन्द्र खडकाको घरको पर्खाल भत्काएको छ । रातको समयमा आएको भेलले खोलाको दाया र वाया तर्फ थुपारिएको माटोको ढिस्को कटान गर्दै घरको पर्खाल भत्काएको घरबेटी खडकाले बताए । 

उनिसंगै बाढीले अर्का छिमेकीको घरमा समेत क्षती पुर्याएको छ । छिमेकीको घरमा पनि राती आएको बाढीले पर्खाल भत्काइदिएको हो । सिचाइ बिभागले समयमै तटबन्ध निर्माणमा हेलचेक्राइ गर्दा  बाढीले क्षती पुर्याएको पिडित खडकाको आरोप छ ।  केहि वर्षअघि इटहरी स्थित टेंग्रा खोलाले सहरनै डुबानमा पारेपछि खोलाको मुहान सेरामा तटबन्ध निर्माण गरेपछि डुबान कम हुदै आएको थीयो । 

प्रतिक्रिया दिनुहोस