नि सहाय बालबालीका आश्रममा जिपि फाउण्डेसनकाे निशुल्क स्वास्थ्य शिविर

  • प्रकाशित मितिः असार 14, 2077
  • 48 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । नेपाली कांग्रेसका महानायक स्वपाली कांग्रेसका महानायक स्व.गिरिजा प्रसाद कोइरालाको स्मिृतिमा स्थापना गरिएको गिरिजा प्रसाद कोइराला फाउण्डेसन सुनसरीले शनिबार इटहरी स्थित नि सहाय बालबालीका सेवा आश्रममा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

कोरोना महामारीको कारण बिश्व संकटमा परिरहेकै बेला नेपालमा पनि प्रत्यक्ष असर देखिएको त्यसमा पनि प्रदेश एकको इटहरी अछुतो नरहेको भन्दै यस्तो अवस्थामा बालबालिकाहरुको स्वास्थ्यलाइ मध्यनजर र्गदै उक्त फाउण्डेसनले आश्रममा एक दिने निशुल्क स्वास्थ्य शिविर गरेको हो ।

कोरोना भाइरसले सिगंो मुलुकनै लकडाउन भइरहेको बेला आश्रममा रहेका बालबालिकाहरुलाइ उचित समयमा अस्पताल लैजान नसकिरहेको अवस्थालाइ ध्यानमा राखि फाउण्डेसनका सुनसरी जिल्ला समितिले आश्रममै बालबालिकाहरुको स्वास्थ्य चेकजाच र निशुल्क औषधीहरु बितरण गरिएको गिरिजा प्रसाद कोइराला फाउण्डेसन सुनसरीका अध्यक्ष चन्द्रशेखर लामाले बताए ।

स्वर्गिय गिरीजा प्रसाद कोइरालाको ९६ औ जन्मजयन्तीको अवसर पारेर आश्रममा निशुल्क स्वास्थ्य शिविर सहित आवस्यकीय औषधी समेत बितरण गरिएको निशुल्क स्वास्थ्य शिविर कार्यक्रमका संंयोजक तथा उक्त फाउण्डेसनका उपाध्यक्ष सुर्य राईले बताए । निशुल्क स्वास्थ्य शिविरमा बिपि प्रतिष्ठान धरान , नोबेल अस्पताल बिराटनगर र इटहरी अस्पतालका चिकित्सकहरुको सहभागितारहेको थीयो । आश्रममा रहेका अधिकांस बालबालीकाहरुको दात ,पेट , नारी आँखा चेकजाँच गरिएको थीयो ।

कोरोना भाइरसको माहामारीको बेला फाउण्डेसनले गरेको कामको उच्च मुल्यांकन सहित नि सहाय बालबालीका आश्रममा र्पुयाएको स्वास्थ्य सेवा प्रति आश्रमकी सञ्चालीका गीता गौतमले फाउण्डेसन लगायत सम्पूर्ण र्काय समितिका पदाधिकारी र उपस्थित चिकित्सकहरुमा आभार ब्यक्त गरेकी थिइन । इटहरी ४ मा अवस्थित नि सहाय बालबालीका सेवा आश्रम भित्र दुई बृद्ध सहित ४१ बालबालीकाहरु आश्रय लिदै आएका छन ।

प्रतिक्रिया दिनुहोस