इटहरीका व्यवसायी जिवन खनाल धरानकाे हाेटलमा मृत भेटिएपछि...

  • प्रकाशित मितिः असार 16, 2077
  • 5473 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक होटलमा मृत अवस्थामा भेटीएका छन । धरान १८ स्थित यति होटलमा इटहरीका खनाल झुण्डिएर मृत अवस्थामा फेला परेका हुन । इटहरी बसेर लामो समयदेखि जग्गा लगायत अन्य स्थानमा आर्थिक कारोबार गर्दै आएका खनाल सोमबार नै उक्त होटलमा बास बसेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनाबारे थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको खास नाम नविन खनाल भएपनि होटलमा जीवन खनाल भनेर नाम टिपाएर बास बसेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए । 

प्रतिक्रिया दिनुहोस