सुन्दरहरैचामा प्रगति महिला समाजको रक्तदान

  • प्रकाशित मितिः श्रावण 10, 2077
  • 213 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । मोरगंको सुन्दरहरैचा स्थित प्रगति महिला समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।  लकडाउनका कारण रक्तदान कार्यक्रमहरु कम भई रहेको र अस्पतालहरुमा उपचारका लागि आउने विरामीहरुलाई आवश्यक पर्ने रगत अभाव नहोस भनेर रक्तदान कार्यक्रम गरिएको हो ।

आयोजक संस्थाकी अध्यक्ष पावर्ती गच्छदारको अध्यक्षता तथा राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझीको प्रमुख आतिथ्यता रहेको रक्तदान कार्यक्रममा ३६ जना महिला ,पुरुषले रक्तदान गरेका हुन ।  रक्तदान कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रको प्राविधि सहयोग रहेको थियो ।

वडा नम्बर ४ कार्यालय परिषरमा आयोजना गरिएको रक्तदान कार्यक्रम पुर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा. विपेश आचार्य , सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष जीवन ढुंगाना , वडा नम्बर ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस