बिमला गुरूङकाे तिज गित 'चट्ट कपाल काेरी' सार्वजनिक

  • प्रकाशित मितिः श्रावण 13, 2077
  • 115 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । इटहरीकी चर्चित गायिका बिमला गुरूङकाे नयाँ तिज गित 'चट्ट कपाल काेरी' हालै सार्वजनिक भएकाे छ । माेरङकाे पर्यटकिय स्थल गाेकुलम रिसाेर्ट लगायत इटहरीकाे बिभिन्न क्षेत्रमा छायाङकन गरिएकाे उक्त तिजकाे गितलाइ शिर कुमार साम्पाङले निर्देशन गरेका छन ।

नेपाली कला संस्कृतिलाइ जगेर्णा गर्दै चलि अाएकाे परम्परालाइ जाेगाउन र नेपाली समाजमा राम्राे शन्देश दिन उक्त तिजकाे गित सार्वजनिक गरिउकाे गायिका बिमला गुरूङले बताइन । उक्त तिज गितकाे भिडियाे पनि हालै सार्वजनिक गरिएकाे उनले बताइन ।

उक्त तिज गितकाे रचनाकार नरेस खडका रहेका छन भने संगित कुन्दन राइले दिएका छन र शब्द नरेश राइकाे रहेकाे छ । नेपाली नारीहरूकाे महान पर्व तिज नजिकिदै जादा बजारमा अनेकाै गित र भिडियाेहरू सार्वजनिक भइरहेकाे बेला गुरूङले फरक प्रसंगबाट गित बजारमा ल्याएकाे बताएकि छिन ।

प्रतिक्रिया दिनुहोस