एजेन्सी । शरीर जोडिएर जन्मिएका संसारकै बढी उमेरका दाजुभाई (जुम्ल्याहा) रोनी र डोनी ग्लेयानको निधन भएको छ । उनीहरुको ६८ वर्षको उमेरमा निधन भएको हो । उनीहरुले डेटनको एक अस्पतालमा प्राण त्यागेका छन् । उनीहरुका भाई जिमले निधनको खबरको पुष्टि गरेका छन् ।
उनीहरुको अन्य कुनै रोगले नभई प्राकृतिक मृत्यु भएको जनाइएको छ । यी जुम्ल्याहा दाजुभाइको जन्म २८ अक्टोबर १९५१ मा अमेरिकाको ओहायोमा भएको थियो । उनीहरुले सानै उमेरेदेखि सर्कसमा काम पाएका थिए । असहाय भएपनि उनीहरु निकै परिश्रमी थिए । ३ वर्षकै उमेरदेखि सर्कसमा जोडिएका उनीहरुले सन् १९९१ सम्म त्यो काम गरेका थिए ।
सन् २०१० मा रोनी र डोनीको नाममा टिएलसी च्यानलले एउटा वृत्तचित्र बनाएर प्रसारण गरेको थियो । उनीहरु दुई भाइको पेट जोडिएको थियो । उनीहरुको कम्मरदेखि तलको भाग एउटै र कम्मरभन्दा माथि दुई जना थिए ।
प्रतिक्रिया दिनुहोस
'दलिन अड्याउन बलियो थाम चाहिन्छ'... ... ... ...
इटहरी । सुनसरी जिल्लालाइ साक्षर जिल्लाको रूपमा घ... ... ...
इटहरी । पृथ्वीमान तुम्खेवा लिम्बू र सविना योङहा... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved