उपमहानगरमा उच्च सतर्कता अपनाइने : इटहरीलाइ तत्काल लकडाउन गर्ने या नगर्ने छलफल जारी !

  • प्रकाशित मितिः श्रावण 15, 2077
  • 633 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । इटहरी उपमहानगरका याेजना शाखामा कार्यरत एक  कर्मचारीमा काेराेना संक्रमण पुस्टी भएसंगै अहिले  सुनसरीका प्रमुख जिल्ला अधिकारीकाे उपस्थितिमा  ,सुरक्षा निकाय प्रमुख , उपमहानगरका मेयर , उपमेयर , वडाध्यक्ष र जनप्रतिनिधिहरूकाे अापतकालीन बैठक जारी रहेकाे छ ।

इटहरी अस्पतालकाे प्राङगणमा जारी बैठकले उपमहानगरमा कार्यरत कर्मचारीहरूकाे तत्काल  कन्ट्रयाक्ट ट्रेसिङ गरिने , थप सुरक्षा सतर्कता अपनाइने भएकाे छ ।  साथै सम्पुर्ण वडा कार्यालयहरूकाे काम बन्द गर्ने या नगर्ने भन्ने बिषयमा छलफल भइरहेकाे जनाइएकाे छ ।

बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्र मणी पाेख्रेलकाे उपस्थितिमा इटहरी उपमहानगर कार्यालयकाे अति अावस्यकिय  बाहेक सबै सेवा बन्द गरिने निर्णय भएकाे छ । साथै इटहरी उपमहानगरलाइ तत्काल लकडाउन गर्ने या नगर्ने भन्ने बिषयमा पनि छलफल चलिरहेकाे बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस