इटहरी : लामो समयदेखि खुट्टाको बिमारीका कारण ओछ्यानमै थला परेकी इटहरी ३ तालतलैया पुराण चौककी १६ बर्षीया किशोरी अन्जना वि।कको इटहरीकै नीजि अस्पताल बेदान्त हस्पिटलले निशुल्क उपचार गरिदिएको छ । उपचार नपाएकै कारण समस्यामा परेकि किशोरीलाइ वेदान्त हस्पिटलले निशुल्क उपचार गरिदिएको हो । घरको आर्थिक अवस्थाले धान्न नसक्ने उनको परिवारले बताएपछि मानवताको नाताले भएपनि सानो सहयोग गरेको बेदान्त हस्पिटलका सञ्चालक इन्द्र श्रेष्ठले बताए । उनको आमा बुवा दैनिक ज्यालादारी गर्दै गुजारा चलाउदै आएका छन ।
यस अघि उपचार गरेको भनिएपनि सामान्य रूपमा बेण्डिज मात्रै गरेको पाइयो थप उपचार प्रकृियाकालागि किशोरीको स्वास्थ्य परिक्षण गरिएको हस्पिटलका सञ्चालक श्रेष्ठले बताए । डा. आदर्श झा र डा. इमेज दाहालको टिमले ती किशोरीको स्वास्थ्य परीक्षण गरेको जनाइएको छ । स्वास्थ्य परीक्षण गर्दा खुट्टाको घुँडाको सम्भावित मेनिस्कस इन्जुरी पाइएको छ ।
श्रेष्ठका अनुसार उनको स्वास्थ्य परीक्षणपछि १५ दिनको औषधी दिएर पठाईएको छ । १५ दिनसम्म पनि समस्या जस्ताको तस्तै रहेमा एमआरआई गर्नुपर्ने उनको भनाई छ ।अहिले कोरोना भाइरसका कारण मुलुकमा लकडाउन रहेको भएपनि कोही मानिस पनि स्वास्थ्य समस्याबाट ग्रसित हुन नपर्ने भन्दै बेदान्त हस्पिटलले सेवा प्रदान गर्दै आएको छ ।
ब्यापारीक हब संगै प्रदेश एकको सम्भावित राजधानीको उपनामले चिनिने सुनसरीको इटहरीमा ब्यापारीक प्रतिस्पर्धा चलिरहेको अवस्थामा बिगत ४ बर्षदेखि सञ्चालनमा आएको बेदान्त हस्पिटल पछिल्लो समय सेवाग्राहिहरूको रोजाइमा पर्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस
तेजबहादुर बन इटहरी । नेपाल सरकारका पर्यटन तथा न... ... ...
तेजबहादुर बन इटहरी । तोकिएको स्थान भन्दा बाहिर... ... ...
इटहरी । २०७४ साल असोज १ गतेबाट प्रदेश १ लाइ हर्न नि... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved