पछिल्लो २४ घण्टामा २४६ संक्रमित थपिए :सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ पुग्याे

  • प्रकाशित मितिः श्रावण 18, 2077
  • 154 पटक पढिएको
  • प्रदेश दर्पण

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् ।

आइतबार कोरोना संक्रमण निको भएर १११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना रहेका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस