सोमबार रक्षाबन्धन : प्रदेश १ मा सार्वजनिक बिदा

  • प्रकाशित मितिः श्रावण 18, 2077
  • 166 पटक पढिएको
  • प्रदेश दर्पण

विराटनगर । ऋषि तर्पणी तथा रक्षा बन्धनको दिन साउन १९ गते प्रदेश १ मा सार्वजनिक बिदा दिने यस अघिको निर्णयलाई प्रदेश सरकारले निरन्तरता दिएको छ ।प्रदेश राजपत्रमा सरकारले वार्षिक बिदा तालिका प्रकाशित गरेर रक्षा बन्धनमा दिइदै आएको बिदालाई निरन्तरता दिएकोले सोमबार सार्वजनिक हुने भएको हो ।

रक्षा बन्दधनका दिन प्रदेश भरका संघ, प्रदेश र स्थानीय तह अन्तरगतका सबै कार्यालयहरु बिदा हुनेछन् । यस अघि प्रदेश सरकारले घोषणा गरेको बिदा संघीय सरकार मातहतका कार्यालयहरुले पालना नगरेको भन्दै विवाद भएपछि पछि बिदा कार्यान्वयन गर्ने निर्णय संघीय सरकारले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस