अपडेट – एक थुनुवा संगै इटहरीमा संक्रमितकाे संख्या ४ पुग्याे

  • प्रकाशित मितिः श्रावण 19, 2077
  • 373 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । इलाका प्रहरी कार्यालयको थुनामा रहेका एक ब्याक्तिमा पनि कोरोना पुस्टी भएसंगै इटहरीमा संक्रमितको संख्या ४ जना पुगेको छ ।उपमहानगरका इञ्जिनियरमा कोरोना पुस्टी भएपछि पहिलो चरणमा ६६ जनाको स्वाव संकलन गरिएको थीयो । पहिलो चरणको रिपोर्ट अनुसार थप ३ जनामा कोरोना पुस्टी भएसंगै इटहरीमा संक्रमितको संख्या ४ पुगेको हो । 

 कार्यालयमा कार्यरत इञ्जिनयर सहित वार्ड नं ६ का एक पुरूष ,  कार्यालयकै एक सवारी चालक र इलाका प्रहरी कार्यालय इटहरीको एक थुनुवागरी चारजनालाइ कोरोना पुस्टी भएको हो । यो संगै इटहरीको समुदायमा कोरोना फैलिसकेको अनुमान लगाइएको छ ।

आवस्यकिय सचेतना अपनाइ अनिवार्य मास्क लगाउन , सेनिटाइजरको प्रयोग गर्न र बेलाबेलामा साबुन पानीले हात धुन पनि इटहरी इलाका प्रहरी कार्यालय र उपमहानगरले अनुरोध गर्दै आएको छ ।यसैबिच कोरोनाको त्रास बढिरहदा बिभिन्न चरणमा २७२ जनाको पिसिआर द्धारा स्वाव संकलन गरिएको र सबैको रिपोर्ट भने आउन ढिलाइ भइरहेको जनाइएको छ । रिपोर्ट सार्वजनिक नभएपनि इटहरीमा कोरोना संक्रमितको संख्या बढने अनुमान लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस