तेजबहादुर बन
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालीकामा अहिले सम्म कुल १२ सय जनाको पिसिआर चेक गरिएकोमा १९ जनामा काेराेना संक्रमण भेटिएको जनाइएको छ । बिभिन्न समयमा गरिएको पिसिआर चेकिङमा अहिले सम्म १९ जनामा संक्रमण देखिएको इटहरी उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले बताउनुभयो ।
त्यस्तै कोरोना जितेर १४ जना घर फर्किसकेको पनि उहाले जानकारी दिनुभयो ।भारतको बिहार हुदै घर फर्किएका , बैदेशिक रोजगारबाट घर फर्किएका र समुदाय स्तरमा फैलिएको कोरोना संक्रमित सहित इटहरीमा कुल १९ जनामा संक्रमण पुस्टी भएको स्वास्थ्य शाखा प्रमुख चौधरीको भनाइ छ ।
बैदेशिक रोजगारबाट फर्किएका र भारतबाट फर्किएकाहरलाइ इटहरी स्थित जनता कलेजको क्वारेन्टिनमा राखिएको र कोरोना पुस्टी भएसंगै बिपि प्रतिष्ठानको आइसोलेसन र कोशी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा राखि उपचार गराइएको थीयो ।
उपचारमध्ये १४ जना कोरोना जित्दै घर फर्किएका छन एक जनाको अझै उपचार जारी रहेको बताइएको छ । त्यस्तै इटहरी उपमहानगरको इञ्जिनियर सहित ४ जनालाइ होम आइसोलेसनमा राखेर उपचार पदति सुरू गरिएको जनाकारी प्राप्त भएको छ ।
उपमहानगरको इञ्जिनियरलाइ गत साउन १५ गते कोरोना पुस्टी भएसंगै उपमहानगर भित्रका कर्मचारी र उनको परिवार सहित बिभिन्न चरणमा २७२ जनाको पिसिआर द्धारा स्वाव संकलन गरिएकोमा बिपि प्रतिष्ठानबाट प्राप्त रिपोर्ट अनुसार थप तिन जनामा कोरोना पुस्टी भएको थीयो ।
यो संगै अब इटहरीमा कोरोनाबाट संक्रमित हुनेहरूको संख्या १९ पुगेको छ भने आइसोलेसनवार्डमा उपचार गराउनेको संंख्या ५ पुगेको छ । २७२ जना मध्ये हाल सम्म ६६ जनाको मात्र रिपोर्ट सार्वजनिक भएको छ भने बाकिको आज साझ सम्ममा आइसक्ने र तत्काल इटहरीलाइ लकडाउन गर्ने बिषयमा आपतकालिन बैठक बस्ने तयारी थालिएको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
इटहरी । निजी क्षेत्रको विकास विना राज्यको विकास न... ... ...
इटहरी । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष त्रृषि... ... ...
इटहरी । सुनसरीको इटहरीमा आज बुधबार देखि ५ दिने १ न... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved