काठमाडौं/नेपालीहरुले फेसबुक लाइभ गर्दै आत्महत्या गर्ने क्रम पछिल्लो समय बढिरहेको छ ।पछिल्लो समय नेपालीहरुमा देखिएको ‘फेसबुक लाइभ’ आत्महत्या चिन्ताको विषय बनेको छ ।
फेसबुक लाइभमा गरिएका यस्ता आत्महत्याका भिडियोले मानिसको मनोबल कमजोर गराउने र यस्ता गलत कामका लागि अरुलाई समेत प्रोत्साहन गर्ने चर्चा चलिरहेका बेला फेरि एक नेपालीले आफ्नो जन्म दिनकै समयमा फेसबुक लाइभ गर्दै आत्महत्या गरेका छन् ।
उनले लाइभका क्रममा भनेका छन्, ‘आज म लाइभ आउनुको कारण भोलि मेरो बर्थडे हो ।प्रदेश दर्पण। त्यस्तै बाध्यताका कारण भोलि मेरो अन्तिम दिन पनि हो । धन सम्पत्ति होस् नहोस् कसैले फुर्ति नगर्दा हुुन्छ । एक दिन जानु जरुरी छ । सम्पत्ति त मसँग पनि कहाँ कम छ र ? दुःख गर्दा सम्पत्ति हुँदो रैछ । मलाइ नपुगेर हैन । कसैसँग झगडा भएर पनि हैन । म ५१ बर्षको भएँ । आजका दिनसम्म कहिले सुखका दिन आएन । अनि किन बाच्नु ?’
४७ सय साथी भएको फेसबुकमा उनले भनेका छन्, ‘मलाइ बाँच्न मन भएन । ममाथि गएर ठाउँ बनाउँदै गर्छु । जाने त दिन निश्चितै छ । यहाँ कसैले अजम्बरी जीवन पाएको छैन । त्यसैले जानैपर्छ ।’आफ्नो कमाइको करिब ११–१२ हजार रिङरेड (मलेसियन मुद्रा) देखाउँदै उनले भनेका छन, ‘यो मेरी श्रीमतीले पाउन ।’
जन्मदिन मनाउन साउन १८ गते र १ः२५ रातको समय मिलाउदै उनले आत्महत्या गरेको साथीहरुले जानकारी दिएका छन् । उनका श्रीमती र दुई छोरा छन् । जेठा छोरा सिभिल इन्जिनियर हुन् भने कान्छा नेपाल प्रहरीमा सेवा गर्छन् । उनको शवलाइ मलेसिया क्वालालम्पुरको एक अस्पतालमा राखिएको छ । आवश्यक प्रक्रियापछि नेपाल ल्याउने तयारी भइरहेको मलेसियामा रहेका उनका आफन्तले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
दक्षिण कोरीया (सिउल) / दक्षिण कोरीयामा प्रवासी न... ... ...
सुनसरी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्या... ... ...
सुनसरी । एसियाकै ठुलो अस्पताल भनेर ख्याती कमाएको ... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved