इटहरी । काेराेना भाइरसकाे समयमा जाेखिम माेलेर अग्रपङतिमा रहि जनतालाइ सु सुचित गराउने इटहरीका सकृिय सञ्चारकर्मिहरूलाइ बुधबार स्किल क्याम्पस र गोक्यो इन्टरनेशनल स्कुलले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेकाे छ ।
कोरोना भाइरसका कारण गरिएको लकडाउनको अवस्थामा समेत जाेखिमकाे समयमा जनतालाई सूचना सम्प्रेषणका लागि अग्रपंतिमा रहेर खटिने सञ्चारकर्मीहरुलाई जोखिम न्यूनीकरण होस् भन्ने उद्देश्यले सुरक्षा सामाग्री वितरण गरिएको हो । इटहरी क्षेत्रमा सक्रिय ३० जना सञ्चारकर्मीलाई झोला, सर्जिकल मास्क, एन ९५ मास्क, सेनिटाइजर, डायरी, कलम लगायत सञ्चारकर्मीलाई आवश्यक पर्ने सामाग्री वितरण गरिएको स्कील क्याम्पसका सीइओ पृथ्वी पराजुलीले जानकरी दिनुभयो ।
यस्तै स्कील क्याम्पसले पत्रकार महासंघ सुनसरीलाई ५ लिटर सेनिटाइजर, एन ९५ मास्क १ सय थान र सर्जिकल मास्क समेत हस्तान्तरण गरेको छ । स्कील क्याम्पसले यसअघि इटहरी अस्पताललाई समेत सर्जिकल मास्क १ हजार थान, एन ९५ मास्क १ सय थान, सेनिटाइजर, पीपीइ लगायतका सुरक्षा सामाग्रीहरु हस्तान्तरण गरेको थियो । स्कील क्याम्पसले इटहरीमा रहेर विशेष गरि होटल म्यानेजमेन्टका कक्षाहरु सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
इटहरी । निजी क्षेत्रको विकास विना राज्यको विकास न... ... ...
इटहरी । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष त्रृषि... ... ...
इटहरी । सुनसरीको इटहरीमा आज बुधबार देखि ५ दिने १ न... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved