काेराेना भाइरस , लकडाउन र तपाइ हाम्राे ब्यवहार !

  • प्रकाशित मितिः श्रावण 23, 2077
  • 186 पटक पढिएको
  • प्रदेश दर्पण

कोरोना भाइरसले यति बेला नेपाल मात्र होइन बिश्व नै अक्रान्त छ । दैनिक संक्रमितको संख्या चारगुणाले बढेको छ भने मृत्युदर पनि दुइ गुणाले बढेको छ । भाइरसले नेपालमा पनि दैनिक संक्रमितको संख्या बढनुका साथै तिन दिन यता मृत्युदर पनि बढेको पाइन्छ । 

सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन  पहिलो चरण अन्तरगत २०७६ चैत्र ११ गतेदेखि लकडाउन जारी गरेको थीयो । गत ७७ साउन ६ गते लकडाउन अन्तयको घोषणा संगै नेपालमा कोरोना संक्रमितहरूको संख्या बढेको आकडा आइरहेको छ ।

लकडाउन खुलेसंगै समुदाय स्तरमा फैलिएको कोरोनाले अहिले सिंगो राष्ट्रको सम्पुर्ण क्षेत्र धरासयी बनेको छ । अर्थतन्त्र गिरावट देखि शैक्षिक , व्यापार वयवसाय सबै चौपट बनेको पाइन्छ । यसैबिच प्रदेश एक पनि कोरोनाबाट मुक्त हुन सकेको छैन । दैनिक संक्रमितहरूको संख्या त्यतिकै बढेको पाइन्छ । सुरूवाति समयमा ५ जना संक्रमित देखिएको प्रदेश एकमा बिहीबार साझ सम्ममा १ हजार २ सय ५५ जना पुगिसकेका छन भने सोहि अवधि सम्ममा ४ जनाले ज्यान गुमाइसकेका छन । 

प्रदेश एकमा पनि कोरोनाकै कारण सबै क्षेत्र अस्त ब्यस्त बनेको छ भने आर्थिक क्षेत्र डामाडोल बनेको छ । समुदाय स्तरमा पकड  जमाउन थालेपछि   भाइरसले थप मानवीय क्षती नपुर्याओस भन्ने उद्येश्यले प्रदेश मातहतमा रहेका स्थानीय निकायले आ आफ्नो स्थानमा लकडाउन घोषणा गरी उच्च सतरकता अपनाउन थालेका छन । तर धेरैजसो बिज्ञहरूले लक डाउन मात्रै कोरोना भगाउने बिकल्प नभएको बताउदै आएका छन । 

लकडाउन नै सामधान हो त ?

अहिलेको बिद्यमान अवस्थालाइ हेर्ने हो भने कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेतनाकालागि अपनाउने सुरूकै बिधि हो लकडाउन । शहर लकडाउन भएमा मान्छेहरू बाहिर निस्कन पाउदैन , भिडभाड हुदैनन भिड नभएपछि कोरोना संक्रमण फैलने खतरा पनि हुदैन त्यसैले लकडाउनलाइ उपयुक्त उपाय मानिन्छ । तर लकडाउन मात्रै कोरोनाबाट बच्ने उपाय भने होइन ।लकडाउन हुनु भनेको सम्पुर्ण क्षेत्रमा प्रत्यक्ष असर पुग्नु हो यसले मानिसको दैनिक जिवनलाइ समेत असर पुर्याउछ । 

लक डाउन गर्ने बित्तीकै भाइरस नियन्त्रण हुन्छ भन्नु मुर्खता मात्रै हो ।यसले मानिसहरूको सामाजिक दुरी बढाउछ र सरसफाइ जस्तो कामलाइ बढावा दिन्छ जसको कारण भाइरस फैलन पाउदैन तर यति भनिरहदा लकडाउन नै भाइरस खेदाउने उत्तम उपाय हो भन्न सकिदैन । लकडाउन हुदा सबै क्षेत्र ठप्प हुन्छन जस्ले अनेकौ नकरात्मक असर समेत जन्माउछ । त्यसैले यो बिधि सधै कायम रहदैन केहि समय तोकिन्छ र कार्यानवयन गरिन्छ । 

तपाइ हामि सुध्रने कि नसुध्रिने ? 

कोरोना भाइरसबाट मुक्त हुनु छ भने सुरूमा तपाइ हामि आफै सुध्रनु आवस्यक छ । स्थानीय सरकार वा केन्द्रीय सरकारले लकडाउन घोषणा गरूञ्जेल घरभित्रै बस्ने अनी फुकुवा लगत्तै हुलकाहुल बाधिएर बाहिर निस्कने प्रचलन अहिले बढदो छ । लकडाउनको अवधिमा समुदाय स्तरमा नपुगेको कोरोना भाइरस अहिले कसरी समुदायमा पुग्याे ? 

यसमा सबैभन्दा ठुलो गलति तपाइ हाम्रै हो । हामि एक पछि अर्को गलति गर्छौ अनी दोष जति सरकारलाइ थुपार्छौ । एक पटक आफैलाइ हेरौ त ? के बजार निस्केको बेला या घरबाट बाहिर निस्केको बेला मास्क लगाएका छौ ? सेनिटाइजर प्रयोग गरेका छौ ? सामाजिक दुरी कायम भएको छ ? यि कुराहरूलाइ आत्मा देखिनै मनन गरौ ।मानिस चेतनशिल प्राणी हो भनेर भनिन्छ तर कतिसम्म चेतना भएका हौ तपाइ हाम्रो ब्यवहारमा भर पर्छ ।त्यसैले तपाइ हामिले पनि आ आफ्नो ब्यवहारमा सुधार ल्याउनुपर्ने अावस्यक देखिएकाे छ ।  । 

लकडाउनको अवधिमा जुन उपाय तपाइ हामि अपनाउछौ त्यहि बिधि लकडाउन खुलेपछि पनि अपनायौ भने भाइरसबाट त्रसित हुनुपर्ने अवस्था आउदैनथीयो कि ? बजारमा निस्कदा सामाजिक दुरी कायम गरौ , मास्क अनिवार्य लगाऔ , साबुन पानीले बेला बेलामा हात धुने बानी बसालौ र सेनिटाइजरको प्रयोग गरौ , आफु पनि बचौ र अरूलाइ पनि बचाऔ । 

प्रतिक्रिया दिनुहोस