इटहरी । पछिल्लो समय इटहरी उपमहानगरमा थपिएका कोरोना संक्रमितहरूको स्वास्थ्यलाइ प्रत्यक्ष रूपमा नियाल्न र उनिहरूको मनोबल उच्च बनाउन इटहरी अस्पतालले नयाँ अभियान थालेको छ । गत साउन १५ गते यता इटहरीमा ८ जना कोरोना संक्रमित भेटिएका थीए । ८ जना मध्ये २ जनाको धरानस्थित बिपी प्रतिष्ठानको आइसोलेसन वार्डमा राखेर उपचार गराइरहेका छन भने बाकिका ६ जनालाइ घरमै आइसोलेसन स्थापना गरी उपचार गराइरहेका छन ।
होम आइसोलसनमा रहेका बिरामिहरूलाइ इटहरी अस्पतालका चिकित्सकले भिडियो कल मार्फत उनिहरूको अवस्था बुझने र स्वास्थ्य सम्बन्धि बिविध जानकारी सहित के गर्ने के नगर्ने भन्ने बिषयमा प्रत्यक्ष जानकारीमुलक शन्देस दिइरहेका छन ।अस्पतालहरूमा आइसोलेसन वार्ड खाली नभएपछि घरमै रहेका कोरोना संक्रमितहरूलाइ मनोबल बढाउन यो अभियानले ठुलै भुमिका निर्वाह गर्ने इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले बताउनुभयो ।
भिडियो कलबाट स्वास्थ्य अवस्था बारे बुझेर उहाहरूलाइ उपचारको बिधि समेत सिकाइएको प्रमुख धमलाले बताउनुभयो । यता होम आईलेशनमा रहेको संक्रमितको अवस्था वुझ्ने कार्य र स्वास्थ्य परामर्श सेवा दिइरहेको इटहरी अस्पतालको निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा मनिषकुमार शर्माले वताए। हाल सम्म इटहरी क्षेत्रमा कोभिड १९ संक्रमितको संख्या २८ जना पुगेको छ ।
होम आइुोलेशनमा रहेका लक्षणरहित संक्रमितलाई भिडियो मार्फत परामर्श दिने र लक्षण देखा परे वा स्वास्थ्य समस्या जटिल भए कोभिड अस्पतालमा रेफर गरीने इटहरी अस्पतालको इमरजेन्सी प्रमुख रामकुमार धमलाले जानकारी दिनुभयो ।संक्रमितहरुले इटहरी उपमहानगरपािलकाले जारी गरेको मोवाइल न। ९८५२०७३२४८ मा सम्पर्क गरी वाट्स अप वा भाइवर कल मार्फत परामर्श दिने हुन पनि इमरजेन्सी प्रमुख धमलाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
इटहरी । निजी क्षेत्रको विकास विना राज्यको विकास न... ... ...
इटहरी । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष त्रृषि... ... ...
इटहरी । सुनसरीको इटहरीमा आज बुधबार देखि ५ दिने १ न... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved