इटहरीमा थप २ जनामा काेराेना पुस्टी : संक्रमितकाे संख्या ३० पुग्याे

  • प्रकाशित मितिः श्रावण 25, 2077
  • 802 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । सुनसरीको इटहरीमा थप दुइ जनामा कोरोना पुष्टि भएको छ । इटहरी उपमहानगर ९ कि १९ वर्षीय किशोरी र इटहरी २० तरहराका ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुस्टी भएको हो ।

गत २१ गते  संकलन गरिएको १२४ जनाको स्वावबाट प्राप्त रिपोर्ट अनुसार इटहरी उपमहानगरमा थप २ जनालाइ कोरोना पुस्टी भएको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले बताउनुभयो ।

बाकिका १२२ जनाको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।  यो संगै इटहरीमा कोरोनाबाट संक्रमित हुनेहरूको संख्या ३० पुगेको छ भने उपचार पछि १६ जना घर फर्किसकेका छन ।संक्रमित दुवैजनाकाे अवस्था अहिले सामान्य रहेकाे र उहाहरूलाइ घरमै अाइसाेलेसनकाे ब्यवस्था गरी उपचार सुरू गरिएकाे इटहरी अस्पतालले जानकारी गराएकाे छ । 

 

प्रतिक्रिया दिनुहोस