इटहरीका फलफुल व्यवसायहरू भन्छन – गाेदाममा राखेकाे फलफुल कुहेर गयाे : क्षति कस्ले बेहाेर्ने ? 

  • प्रकाशित मितिः श्रावण 25, 2077
  • 481 पटक पढिएको
  • प्रदेश दर्पण

  • तेजबहादुर बन 

इटहरी । काेराेना भाइरसकाे संक्रमणबाट जाेगिन अपनाइएकाे लकडाउनले इटहरीका फलफुल ब्यवसायीहरू मार्कामा परेकाे जनाएका छन ।

पहिलाे चरणकाे लकडाउन समाप्ति संगै अलि अली उठेकाे ब्यापार व्यवसाय दाेश्राे चरणकाे लकडाउनले थला परेकाे इटहरीका फलफुल व्यवसायिहरूले गुनासाे पाेखेका छन । इटहरीमा साना लगानी भन्दा ठुलाे लगानीले स्थापना भएका फलफुल व्यवसायीहरू अहिले प्रत्यक्ष मार्कामा परेका छन ।

पहिलाे चरण अन्तरगत नेपाल सरकारले २०७६ चैत्र ११ गते देखि गत ७७ साउन ६ गते सम्म लकडाउन गरेकाे थीयाे । साउन ६ गते लकडाउन अन्त्य घाेषणा गरेसंगै फलफुल व्यवसाय केहि माथी उठेपनि स्थानीय सरकारले गरेकाे दाेश्राे चरणकाे लकडाउनबाट पुरानै अवस्थामा फर्किएकाे फलफुल व्यवसाय इटहरीका बिनाेद कुमारले बताए । 

Capture इटहरीकाे बिपि चाैक छिर्ने मुखैमा रहेका मनिष फ्रुट सेन्टरका सञ्चालककाे गुनासाे अलि फरक छ । सञ्चालक मनिस कुमरका अनुसार अब लकडाउन हुदैन भनेर फलफुल मगाएकाे तर अहिले यि सबै कुहेर फाल्नु परेकाे बताए । उनले स्टकमा राखेकाे करीब ३ हजार अनारस , अाप , भुइकटहर फाल्नुपरेकाे बताए । पुर्वी पहाडी भेग तथा तराइका जिल्लाहरूमा फलफुलकाे माग बढदाे छ ।

falमाग अनुसारकै फलफुल मगाएर स्टकमा राखिएकाे थीयाे तर इटहरीमा पुनः दाेश्राे चरणकाे लकडाउन भएपछि ढुवानी हुन नपाउदा सबै कुहेर फालिएकाे मनिस बताउछन । लकडाउनले ढुवानी हुन नपाएपछि र बजार नपाएपछि गाेदाममा राखेकाे फलफुल अहिले कुहेर गएकाे मनिष बताउछन ।

अब यस्काे क्षतिपुर्ति कस्ले तिर्ने ? बैंकबाट चर्काे ब्याजमा रिण लिएर फलफुल व्यवसाय गरेकाे पहिलाे चरणमै यसरी निरास भाेग्नु पर्दा दुख लागेकाे बताए । भाइरसबाट बच्न लकडाउन मात्रै उपाय नरहेकाे सुझाव दिदै मनिस भन्छन ब्यवसायहरूलाइ प्रत्यक्ष मार्का नपर्ने गरी इटहरी सरकारले याेजनाहरू ल्याउनुपर्याे ।

Capture 2उनकाे जस्तै गुनासाे अन्य फलफुल व्यवसायहरूकाे पनि छ ।  सफारीमा  साग सब्जी र फलफुल डुलाउन पाइने भनिएपनि प्रहरीले समातेर राखिदिने गरेकाे  व्यवसायहरूकाे गुनासाे छ । काेराेना भाइरसले इटहरी मात्र हइन बिश्व अक्रान्त छ तर लकडाउन मात्रै यसकाे बिकल्प हाेइन अन्य सावधानीकाे बाटाे अपनाएर व्यवसायीहरूलाइ गरिखाने बाटाे खुल्ला गरिनुपर्ने फलफुल ब्यवसायीहरूकाे माग छ । 

प्रतिक्रिया दिनुहोस