इटहरीमा काेराेना बिभेद : रिपाेर्ट मात्रै नेगेटिभ हाे संक्रमण जहाँ त्यहि छ !

  • प्रकाशित मितिः श्रावण 28, 2077
  • 462 पटक पढिएको
  • प्रदेश दर्पण

कोरोना भाइरस ( कोबिड  १९ ) को सन्त्रासले मुलुक नै ठप्प छ । प्रदेश एकमा  दैनिक संक्रमितहरू बढदै गएका छन ।अझ प्रदेश एककै मुख्य केन्द्र मानीएको इटहरी पनि संक्रमणबाट अछुत हुन सकेन । सुरूमा एक जनामा देखिएको संक्रमणको संख्या बढेर अहिले ३२ जनामा पुगिसकेको छ । अझै थपिने क्रम जारी नै छ । 

उच्च सतरकता अपनाउन जिल्ला प्रसाशन कार्यालय सुनसरीले गत साउन २६ गते राती १२ बजे देखि साउन ३२ गते राती १२ बजे सम्म जिल्लालाइ नै निषेधित क्षेत्र घोषणा गरिसकेको छ भने मातहतमा रहेका स्थानीय तहहरूले पनि सतरकता अपनाउदै आ आफ्नो क्षेत्रमा लकडाउन घोषणा गरिसकेका छन । 

शहरलाइ लकडाउन घोषणा गरेर पिसिआरद्वारा स्वाब संकलन गर्ने कार्यलाइ तिब्रता दिने काममा अहिले स्थानीय तहका जनप्रतिनिधिहरू लागि परेका छन । यसै क्रममा इटहरीमा पनि यो क्रम जारी नै रहेको छ । सबै व्यापार व्यवसाय ठप्प बनेका छन भने पिसिआरबाट स्वाब संकलन जारी रहेको छ । गत साउन २० गते यता मात्रै इटहरी उपमहानगर क्षेत्रमा करीब २०००जनाको पिसिआर पदतीबाट स्वाब संकलन गरी ल्याव पठाइसकिएको छ भने ४०० बढीको रिपोर्ट पनि आइसकेको छ । 

गत साउन २० गते यतामात्रै इटहरीमा ११ जनामा कोरोना संक्रमण पुस्टी भइसकेका छन । यो संख्या अझै बढन सक्ने अनुमान लगाउन सकिन्छ । तर यति हुदा हुदैपनि अहिले इटहरीमा लापरवाहि कायमै छ । नामै मात्रको लकडाउन त छदैछ त्यसमा पनि  सामाजिक दुरी कागजमै सिमित बनेको छ भने मास्कको प्रयोग अहिले बढेपनि सदुपयोग भने थोरैले गरिरहेको देख्न सकिन्छ । 

पिसिआर परिक्षणबाट नेगेटिभ रिपोर्ट आएकाहरू आफै बजार बजार डुल्दै मेरो रिपोर्ट नेगेटिभ आयो भनेर घुम्दै  हिडिरहेका छन ।पिसिआरद्वारा स्वाब संकलन गरेर ल्यावमा पठाउनु र रिपोर्ट नेगेटिभ आएको भनि सुनाउदै हिडनु बुद्धिमानी मानिदैन । त्यो त एक प्रकृिया र पदति मात्र हो । 

परिक्षण र रिपोर्ट उपचार हैन यो त एक पदति मात्र हो आफैमा सजक नरहे संक्रमण मरेको छैन जहिलेनि आफुमा सर्न सक्छ ।स्थानीय सरकारले पनि इटहरीलाइ लकडाउन गरिरहदा त्यसको कार्यानवयन भएको नभएको बारे अनुगमन नगर्दा लापर्वाहि बढदो रहेको प्रस्ट देखिन्छ । 

अन्तमा कोरोना भाइरस (कोबिड १९)को संक्रमणबाट आफु पनि बचौ र अरूलाइ पनि बचाऔ । लकडाउनको बेला अतिआवस्यक बाहेक घरबाट बाहिर ननिस्कौ  , निस्कदा मास्क अनिवार्य प्रयोग गरौ , साबुन पानीले हात धुइराखौ र सेनिटाइजर प्रयोग गरौ साथै सामाजिक दुरी कायम गरी आवस्यकिय सतरकता अपनाऔ । 

प्रतिक्रिया दिनुहोस