इटहरी । कोरोना भइरसको संक्रमणबाट टाढा रहेको र सुरक्षाको दृष्टिले पनि प्रदेश एकको अन्य बिकसित शहरहरू मध्ये निकै संवेदन मानिएको इटहरी कोविड १९ को उच्च जोखिममा परिसकेको छ । छिमेकि शहर धरानमा ९ जना कोरोना संक्रमित भेटिदा इटहरीमा एकजनामा पनि संक्रमण देखिएको थीएन ।
त्यस्तै इनरूवा , दुहबी , बिराटनगर , झुम्का लगायतका शहरहरूमा संक्रमण बढदै जादा पनि इटहरी त्यति जोखिममा परेको थीएन । अहिले कोरोना संक्रमणको हिसाबले इटहरी संक्रमणको घेराभित्र परेको देखिएको छ ।
त्यसमा पनि इटहरीको २०वटा वार्ड मध्ये सबैभन्दा बढी वार्ड नं ६ मा संक्रमितहरू भेटिएका छन । इटहरीको मुख्य चौक र मुटु मानिने वार्ड नं ६ मा पछिल्लो एक साता यतामात्रै ७ जना थपिएर ९ जना कोरोना संक्रमित पुगिसकेका छन र यो संख्या अझै बढन सक्ने अनुमान लगाउन सकिन्छ ।
धेरै जसो ब्यापारिक चहलपहल र दैनिक मानिसहरूको भिड लाग्नुका साथै मुख्य राजमार्ग संग जोडिएको इटहरीकै केन्द्र पनि यसै वडामा रहेका छन । उच्च घरानाका ब्यापारीक महल देखि उपमहानगरकै कार्यालय र सिंगो बजार नै यहि वडामा पर्नेभएकोले यसलाइ इटहरीको मुटु भनेर मान्ने गरिन्छ ।
गत साउन १५ गते उपमहानगरकै इञ्जिनियरमा कोरोना पुस्टी भएपछि वार्ड नं ६ मा एकजना संक्रमित देखिएको थीयो तर भोलिपल्टै उनका छोरालाइ पनि कोरोना पुस्टी संगै इटहरी वार्ड नं ६ मा संक्रमित संख्या २ हुदै अहिले ९ जनामा पुगेको छ । यो संख्या अझै बढन सक्ने अनुमान लगाइएको छ ।
गत २५ गते पिसिआर पद्धतिबाट स्वाव संकलन गरिएका मध्ये बिहीबार प्राप्त रिपोर्ट अनुसार एकैदिन १३ जनामा कोरोना संक्रमण पुस्टी भएको थीयो । जसमा वार्ड नं ६ का थप तिन जनामा कोरोना पोजेटिभ देखिएसंगै सो वार्डमा संक्रमितहरूको संख्या ९ पुगेको हो । रिपोर्ट अनुसार अहिले इटहरीको वार्ड नं ६ सबैभन्दा बढी जोखिममा परेको हो ।
यस बिषयमा इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले पनि इटहरीको वार्ड नं ६ कोरोनाको घेरा भित्र रहेको कारण थप सतरकता अपनाउनुपर्ने देखिएको बताउनुभयो । मुख्य बजार क्षेत्र भएको कारण बढि जसो हुने मानिसहरूको चहल पहललाइ ध्यान दिनका साथै आवस्यक सुरक्षा सतरकता अपनाउनु नै अहिलेको आवस्यक्ता रहेको उहाले सुझाव दिनुभयो । यता वार्ड नं ६ का वडाध्यक्ष दिपक गौतमको पनि भनाइ त्यस्तै छ ।
लकडाउनको पालना गरेर घरभित्रै बस्नुको अर्को बिकल्प नरहेको गौतमको भनाइ छ । बढिजसो चहल पहल हुने र ब्यापारिक केन्द्र पनि आफ्नै वडामा रहेको कारण जोखिम बढनु स्वोभाविक रहेको तर अब पनि सावधानी नअपनाए र सुरक्षा सतरकता नअपनाए भोलीको दिनमा ठुलो मानवीय क्षति हुन सक्ने उनको भनाइ थीयो ।
लकडाउनलाइ मानेर सबैलाइ घरभित्रै बसिदिन वडाध्यक्ष गौतमले आग्रह गर्दै अति आवस्यकिय काम बाहेक बाहिर ननिस्कन , बाहिर निस्किएकाहरूले मास्कको अनिवार्य प्रयोग गरिदिन र सेनिटाइजर प्रयोग गर्न उनले सबैमा अनुरोध समेत गरेका छन ।
पिसिआर परिक्षणको दायरा बढाइयो
उपमहानगरकै कर्मचारीलाइ कोरोना संक्रमण पुस्टी भएपछि अहिले इटहरी क्षेत्रमा पिसिआरद्वारा स्वाब संकलनको कार्यलाइ तिब्रता दिइएको छ । गएको १५ गते यता मात्रै उपमहानगर क्षेत्रमा एक हजारको हाराहारीमा पिसिआरद्वारा स्वाव संकलन गरी ल्यावमा पठाइएको बताइएको छ ।
नेपालमा कोरोना संक्रमण देखिए यता मात्रै हाल सम्म २हजार बढीको पिसिआर परिक्षण गरिएको जसमा ५२ जनामा कोरोना पोजेटिभ देखिएको र १६ जना उपचार पछि घर फर्किसकेको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख राम कुमार धमलाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
तेजबहादुर बन इटहरी । नेपाल सरकारका पर्यटन तथा न... ... ...
तेजबहादुर बन इटहरी । तोकिएको स्थान भन्दा बाहिर... ... ...
इटहरी । २०७४ साल असोज १ गतेबाट प्रदेश १ लाइ हर्न नि... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved