इटहरी । सुनसरीलाइ पुन एकसाता निषेधित क्षेत्र घोषणा गरिएको छ । आइतबार जिल्ला प्रसाशनको कार्यालय सुनसरीमा बसेको बैठकले तेश्रो पटक म्याद थप गर्दै जिल्लालाइ पुन ७ दिन निषेधित क्षेत्र घोषणा गरिएको हो ।
यो भन्दा अघाडी थपिएको समय आज आइतबार राती १२ बजे सकिएपनि पुनःत्यसैलाइ निरन्तरता दिदै जिल्लालाइ थप ७ दिन बन्दाबन्दि गर्ने निर्णय भएको हो । सुनसरीको स्थानीय तहहरूमा कोरोना संक्रमितहरूको संख्या बढदै गएकोले जिल्लालाइ थप ७ दिन निषेधित क्षेत्र तथा बन्दाबन्दी गर्ने निर्णय भएको जिल्ला प्रसाशनको कार्यालय सुनसरीले जनाएको छ । म्याद थप भएसंगै सुनसरी आगामि भदौ ७ गते आइतबार राती १२ बजे सम्म्लाइ निषेधित क्षेत्र रहने छ ।
यो पटक भने अघिल्लो साता भन्दा कडाइका साथ नियमहरूको पालना गराउन स्थानीयतहहरूलाइ प्रसाशनले अनुरोध समेत गरेको छ । जिल्लामा अति आवस्यक औषधि पसलहरूबाहेक सबै प्रकारका व्यापार व्यवसायहरू बन्द गर्न प्रसाशनले अनुरोध गरेको छ ।
त्यस्तै अति आवस्यकका ढुवानीका गाडी , प्रेस , एम्बुलेन्स, सरकारी गाडी , कुटनितिज्ञ लगायतका सवारीसाधनहरूबाहेक अन्यलाइ राजमार्गमा निस्कन प्रतिबन्ध लगाइएको छ । यता प्रसाशनकाे याे निर्णय सहित इटहरी पनि एक साता बन्द रहने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस
इटहरी । संघीय सरकारले देशभरका स्थानीय तहहरुको नि... ... ...
काठमाडौं । सरकारले ज्येष्ठ नागरिकहरूलाई विशिष्ट ... ... ...
इटहरी । प्रदेश नम्बर १ को इटहरीमा रहेर अढाई दशक अ... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी / वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्म... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved