इटहरी । केहि दिन अघि सार्वजनिक भएको इटहरीस्थित जनता कलेजमा कार्यरत दुइ प्राध्यापकको अडियो क्लिप बारे सत्य तथ्य छानविनको माग गर्दै बिप्लव सम्बद्ध बिद्यार्थी संगठनले कलेज प्रसाशन संग माग गरेको छ ।
केहि दिन अघि सो कलेजमा कार्यरत उप प्रध्यापक राजन भट्टराइ र सहायक प्राध्यापक कृष्णकला राइको एक अडीयो क्लिप बाहिरिएको थीयो । अडियो क्लिपबारे सम्बन्धित निकाय मौन रहेको कारण घटनाको सत्य तथ्य छानबिन माग गर्दै बिप्लव सम्बद्ध बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनीयन ९क्रान्तिकारी०ले मंगलबार एक बिज्ञप्ती जारी गरेको छ ।
उक्त बिज्ञप्तीमा दुवै प्राचार्यको कारण कलेजको नाम खराब भएको र घटनाको दोषि पत्ता लगाइ तत्काल कार्वाहिको दायरामा याउन माग गरिएको छ । घटनाले प्राध्यापक प्रति बिस्वासको बातावरण नरहेको पनि बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्राध्यापक जस्तो गरिमामाथी नै प्रश्न चिन्ह खडा हुनेगरी सार्वजनिक अडियो क्लिपबारे संगठनको गम्भिर ध्यानाकर्षण भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तो निन्दनीय घटना हुदा पनि क्याम्पस प्रसाशन चुप बसेको भन्दै संगठनले आफ्नो ध्यानाकर्षण भएको र घटनाबारे यथाशिघ्र छानबिन गरी दोषि उपर कडा कार्वाहिको माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
तेजबहादुर बन इटहरी । नेपाल सरकारका पर्यटन तथा न... ... ...
तेजबहादुर बन इटहरी । तोकिएको स्थान भन्दा बाहिर... ... ...
इटहरी । २०७४ साल असोज १ गतेबाट प्रदेश १ लाइ हर्न नि... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved