थप ६८१ जनामा कोरोना संक्रमण : संक्रमित संख्या २८ हजार ९३८ पुग्यो , २४ घण्टामा ६ जनाकाे मृत्यु

  • प्रकाशित मितिः भदौ 3, 2077
  • 201 पटक पढिएको
  • प्रदेश दर्पण

काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा थप ६८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ५सय २२ जनाको पीसीआर परीक्षण गर्दा ६८१ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा १२० जना संक्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार सात सय पुगेको छ ।

अहिले ११ हजार ११८ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् । यस्तै १३ हजार ५१ जना क्वारेन्टिनमा छन् । गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १२० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस