चालककाे सानाे गल्ती : १२५ जना इटहरीवासीकाे स्वास्थ्यमाथी खेलवाड : आरोप र प्रत्यारोप मै बित्यो समय

  • प्रकाशित मितिः भदौ 5, 2077
  • 662 पटक पढिएको
  • प्रदेश दर्पण

  • तेजबहादुर बन 

इटहरी । गत साउन ३० गते इटहरीबाट १२५ जनाको पिसिआरबाट स्वाब संकलन गरी परिक्षणकालागि धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइयो । ४ गते सम्म पनि संकलन भएका स्वाबहरूको रिपोर्ट नआउदा इटहरी अस्पतालका प्रतिनिधि र इटहरी उपमहानगरकै स्वास्थ्य शाखाबाट खोजि सुरू गरीयो ।

जब प्रतिष्ठानको ल्याब रूमबाट गत साउन ३० गते संकलन भएका स्वाब प्राप्त नभएको जानकारी आयो तब इटहरीमा संकलित १२५ जनाको स्वाब हराएको भनी हल्ला चल्यो ।५ गते बिहान ९ बजे पुनःप्रतिष्ठानले नै ति स्वाबहरू भेटिएको तर परिक्षण गर्नै नमिल्ने गरी बिग्रिएको भनि जानकारी दिएपछि अर्को समस्या उत्पन्न भयो । ३० गते १२५ जनाले दिएको स्वाब बिग्रिएपछि पुनःसंकलन र परिक्षणकै लागि भएपनि उनिहरूको खोजि गर्नुपर्ने देखियो । 

त्यो बेला क कस्ले स्वाब संकलन गरेको थीयो खोजि गरी  आज बोलाइने र पुनः स्वाब लिने तयारी गरिएको इटहरी उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले बताए । इटहरीमा संक्रमणको जोखिम बढीरहेको बेला १२५ जनाको स्वाब हराउनुले इटहरी उपमहानगर र धरान स्थित बिपी प्रतिस्ठानको सेवा प्रति नै प्रश्न उठेको छ । धरान स्थित बिपि प्रतिस्ठानका प्रवक्ता निदेश सापकोटाका अनुसार इटहरीबाट संकलित गरि ल्याइएको स्वाब एम्बुलेन्स चालकको लापरवाहिका कारण ल्याव करिडोर सम्म नपुगेको बताउछन ।

पहिला प्रतिष्ठानले संकलन भएको ल्यावको परिक्षण गर्ने स्थान त्यहि भएपनि जोखिम बढेकोले सुचना जारी गर्दै अर्को स्थानमा सारेको तर इटहरीबाट स्वाब बोकेर आउने एम्बुलेन्स चालकले सुचना नहेरी पहिले जहा राख्ने गरेको थीयो त्यहि राखेर हिडनुले काम बिग्रीयो प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले भन्नुभयो । चालकले कसैलाइ जानकारी नै नदिइ सुटुक्क स्वाबहरू राखेर हिडेकोले प्रतिष्ठान घटनाको जिम्मेवार नरहेको भन्दै दोष जति इटहरी उपमहानगरलाइ थुपारेको छ भने इटहरी उपमहानगर प्रतिस्ठानले लापरवाहि गरेको आरोप लगाउदै आएको छ । यता आरोप र प्रत्यारोप बिच इटहरीका १२५ जना स्थानीयहरू अलमल्लमा परेका छन ।

पुन स्वाब संकलन गर्न जाने या नजाने भन्ने दुविधा उत्पन्न भएको छ भने कतिलाइ आफुले दिएको स्वाब हराएको भन्ने जानकारी समेत पाएका छैनन ।  एम्बुलेन्स चालकले ढोकामा लेखिएको सुचना बोर्ड नपढी संकलन भएका स्वाबहरू राखेर हिडिदिदा अहिले इटहरीमा १२५ जना स्थानीयहरूकोस्वास्थ्यमाथी गम्भिर खेलवाड भएको देखिएको छ । 

१२५ मध्ये कति कोरोना संक्रमित थिए या थिएनन भदौ ४ गते प्राप्त रिपोर्टले बताउथीयो तर संकलन गरिएको स्वाबहरू परिक्षण गर्नै नमिल्ने गरी भेटिएपछि यस्को जिम्मेवार कस्ले लिने ? सम्बन्धित निकाय इटहरी उपमहानगरपालीका धरानको बिपि प्रतिस्ठानलाइ दोष देखाइरहेको छ भने धरानको बिपि प्रतिष्ठान इटहरी उपमहानगरलाइ दोष देखाउदै आफु पन्छिने काम गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस