काेराेनाकाे सन्त्रास : संक्रमण बढेपछि इटहरीकाे ६ र ९ पुर्ण रूपमा शिल

  • प्रकाशित मितिः भदौ ८, २०७७
  • 1547 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । कोरोना भाइरसको संक्रमण समुदायमा फैलन थालेपछि उच्च सतरकता अपनाउदै इटहरी उपमहानगरले सम्भावित जोखिम क्षेत्रलाइ हेरेर वार्ड नं ६ र ९ लाइ अर्को निर्णय नहुञ्जेल पुर्ण रूपमा शिल गरिएको छ ।

सोमबार बिहान सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोख्रेल सहितको उपस्थितिमा बसेको सर्पक्षीय छलफलले इटहरीको वार्ड नं ६ र ९ लाइ तत्काल शिल गर्ने निर्णय गरिएको हो । भदौ ८ गतेदेखि भदौ १४ गते राती १२ बजे सम्म लागु हुनेगरी दुइवटा वार्डलाइ पुर्ण रूपमा शिल गरिएको इटहरीकी उपमेयर लक्ष्मी गौतमले बताइन । 

 संक्रमण फैलिएको स्थानलाइ मध्यनजर गर्दै उच्च सतरकता अपाउन इटहरीको वार्ड नं ६ र ९ तत्काल शिल गर्ने निर्णय भएको उपमेयर गौतमको भनाइ छ । संक्रमणको दरले इटहरीको ६ र ९ उच्च जोखिममा रहेका वडा हुन। वार्ड नं ६ मा अहिले सम्म १० जनालाइ संक्रमण पुस्टी भइसकेको छ भने वार्ड नं ९ मा ८ जनामा कोरोना पुस्टी भइसकेको छ । 

सम्भावित जोखिमलाइ मध्यनजर गर्दै अहिले नै सचेतना जगाउन दुइवटा वडालाइ शिल गर्ने निर्णय गरिएको इटहरी वार्ड नं ६ का वडाध्यक्ष दिपक गौतमले बताए । शिल गरिएको अवस्थामा बाहिर मानिसहरूको हिडडुल बन्द गर्न र औषधी पसल बाहेकका सबै व्यवसायहरू बन्द गर्न उपमहानगरले अनुरोध समेत गरेको छ ।   सोमबार बिहान बसेको बैठकले इटहरी ९ स्थित रंगशाला क्षेत्रमा आइसोलेसन बनाउन आवस्यकिय पहल थालीने निर्णय भएको जनाइएकाे छ । 

प्रतिक्रिया दिनुहोस