नेपाली कांग्रेस वडा कमिटिद्वारा इटहरी १४ मा मास्क बितरण र सेनीटाइज

  • प्रकाशित मितिः भदौ 9, 2077
  • 261 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । काेराेना भाइरसकाे सन्त्रास छाएसंगै गाउहरूमा संक्रमण फैलन नदिन र उच्च सतरकता अपनाउन नेपाली कांग्रेस वडाकमिटिले इटहरी उपमहानगर वार्ड नं १४ मा मंगलबार मास्क बितरण गर्नुका साथै मुख्य स्थानहरूमा सेनीटाइज गरेकाे छ । इटहरी १४ नेपाली कांग्रेस वडाकमिटिकाे पहलमा साे क्षेत्रभरी सेनिटाइज गरिनुका साथै १५ सय बढीलाइ मास्क बितरण गरिएकाे हाे । 

इटहरीकाे बिभिन्न वडाहरूमा काेराेनाकाे संक्रमण फैलिएसंगै गाउमा पनि संक्रमणकाे जाेखिम बढेकाेले उच्च सतरकता अपनाउदै वार्ड नं १४ काे मुख्य स्थान र सार्वजनिक स्थानहरूमा सेनिटाइज गरिनुका साथै १५ सय बढीलाइ मास्क बितरण गरिएकाे नेपाली कांग्रेस १४ नं वडा कमिटि तथा सामाजिक अभियान्ता मो.नौसादले बताए । 

कार्यक्रम नेपाल तरूण दल वार्ड नं १४ कमिटिका सभापति मो.नौसाद र नेपाली कांग्रेस वार्ड नं १४ का सभापति मो.रजाककाे अध्यक्षतामा सम्पन्न भएकाे थीयाे । 

प्रतिक्रिया दिनुहोस