लकडाउनकाे प्रभाव : इटहरीमा खाली हुदै महंगा सटर

  • प्रकाशित मितिः भदौ 16, 2077
  • 1397 पटक पढिएको
  • प्रदेश दर्पण

  • तेजबहादुर बन 

इटहरी । समुदाय स्तरमा देखिएको कोरोना भाइरसको संक्रमण थप फैलन नदिन नेपालमा ५ महिना लकडाउन गरीयो । लकडाउन भइरहदा सबै क्षेत्र डामाडोल बन्यो । त्यसमा पनि प्रदेश एकको उदयीमान शहरको परिचय बनाइसकेको सुनसरीको इटहरी पछिल्लो समय लकडाउनकै कारण नराम्रो संग थला पर्यो । 

शैक्षिक क्षेत्र देखि बिकासका कार्यक्रमहरू सम्म प्रभावित बनेको इटहरीमा ब्यापार व्यवसाय पनि चौपट बन्यो । बिगत ५ महिना देखि शहर ठप्प हुदा ठुला ब्यवसायीहरू प्रत्यक्ष मार्कामा परे १ बैंकको किस्ता , सटर भाडा , साहुको रिण जस्ता समस्याहरू ब्यवसायीहरूको मुख्य समस्या र चुनौती बने  ।

यसै बिच सुनसरीको इटहरीमा महंगो सटर लिएर व्यसाय सुरू गरेका ब्यापारीहरू भाडा तिर्न समस्या भएको भन्दै धमाधम ठाउ खाली गर्न थालेका छन । इटहरीको संगित चौकमा मात्रै आधा दर्जन बढी महंगा सटरहरू खाली भएका छन । लकडाउनले कमाइ नभएपछि भाडा तिर्न समस्या भएको भन्दै त्यस्ता सटरहरू अहिले खाली भएका हुन । इटहरी संगित चौक संगै पूर्व लाइन स्थित आइसिनेमा भवनमा अवस्थित आधा दर्जन ब्यवसायीहरूले सटर खालि गरिसकेका छन । 

इटहरी संगित चौकमा कपडा व्यवसायी गर्दै आएका सुमन खतिवडाले सटरको भाडा तिर्न नसकेपछि  ठाउ खाली गरेको बताए । उनले मासिक २५ हजार भाडा भएपनि  ब्यवसाय चलेको बेला तिर्दै आएको तर अहिले लकडाउन भएपछि कमाइ शुन्य बनिदिदा भाडा तिर्न नसकेकोले कोठा खाली गरेर अन्यत्रै जानुपरेको बताए । 

त्यस्तै इटहरी जनता गल्लीकि कस्मेटिकको होलसेल ब्यवसाय गर्दै आएकी सर्मिला भट्टराइले पनि सटरको भाडा तिर्न नसकेपछि ब्यवसायलाइ अन्यत्रै सार्नु परेको बताइन । ५ महिना लकडाउन हुदा सटर धनीले २ महिनाको भाडा छुट गरेको भएपनि बैंकले अहिले सम्म ताकेता गरिरहेको उनको भनाइ छ ।

मासिक २० हजार भाडा तिरेर ब्यवसाय सञ्चालन गर्दै आएकि भट्टराइले पसल सुचारू हुदा घर परिवार देखि बैंकको किस्ता हुदै बचत गर्न सम्म पुगेको तर ५ महिना लकडाउनले पसल ठप्प हुदा कमाइ सुन्य बनिदिदा हाल सटर भाडा तिर्ने नसकेको र पसल नै अन्यत्र सार्न बाध्य भएको बताइन । 

लकडाउनकै कारण अहिले इटहरीमा धेरै जसोले रोजगारी गुमाएका छन भने दैनिकि पनि बिग्रदै गएको छ ।  इटहरी उपमहानगर र उद्योग वाणिज्य संघले लकडाउन अवधि भरको ब्याज मिनाहा गर्न र घर भाडा छुट गराइदिन सम्बन्धित बैंक र घर मालिकहरू संग समन्वय गरिदिए ब्यवसायीहरूलाइ थोरै भएपनि राहत पुग्ने इटहरीका ब्यवसायीहरूको भनाइ छ । 

यता यस बिषयमा इटहरी उपमहानगरको मेयर द्वारिकलाल चौधरीसंग सम्पर्क गर्दा उनले ब्यवसायीहरूको माग प्रति इटहरी सरकारले चासो देखाइसकेको र सम्बन्धित निकाय सम्म पुगेर कुरा राखिसकेको बताउनुभयो । यता यहि बिषयमा इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भिम पौडेलले पनि ब्यवसायीहरूको मागलाइ ध्यानमा राख्दै घरमालिकहरू समक्ष कम्तिमा दुइ महिना सम्मको भाडा नलिन अनुरोध गरे अनुरास अहिले इटहरीमा भाडा छुट भएको दाबी गरेका छन । त्यस्तै बैंकमा पनि सहकार्य गर्ने क्रम जारी रहेको अध्यक्ष पौडेलको भनाइ छ । 

 

प्रतिक्रिया दिनुहोस