इटहरी । कोरोना भाइरसको संक्रमित नभेटिएको इटहरीको चार वटा वडाहरू मध्ये २ वडामा संक्रमण फैलिएसंगै सो क्षेत्रहरू उच्च जोखिममा परेको छ । यस अघि इटहरीको वार्ड नं ३ , १० , १३ र १५ मा एक जना पनि संक्रमण देखिएको थीएन । तर इटहरीको वार्ड नं १३ मा एकै दिन ११ जना पुरूष र वार्ड नं १० को दुइ पुरूषमा कोरोना पोजेटिभ देखिएपछि दुवै वडाहरू संक्रमणको उच्च जोखिममा परेका हुन । बुधबार एकै दिन इटहरीमा ५८ जनामा संक्रमण पुस्टी भएसंगै लामो समयदेखि भाइरसबाट जोगिदै आएको ४ वटा वडाहरूमध्ये १३ र १० मा संक्रमण फैलिएको हो ।
लामो समय देखि एक जनापनि संक्रमित पुस्टी नभएको इटहरीको वडा नं १३ मा बुधबार एकैदिन ११ जना पुरूषमा संक्रमण पुष्टि भएपछि सो क्षेत्रमा समुदाय स्तरमै कोरोना फैलिसकेको अनुमान लगाउदै उपमहानगरले उच्च सतरकता अपनाउन अनुरोध गरेको छ । त्यस्तै यस अघि सम्म संक्रमणको दर सुन्य रहेको वडा नं १० मा पनि दुइजना पुरूषमा कोरोना पुस्टी भए संगै सो क्षेत्रमा पनि उच्च सतरकता अपनाउन आग्रह गरिएको छ ।
बुधबार एकै दिन थपिएका ५८ जना मध्ये ३८ जना इटहरीको खनारस्थित प्रगति टेक्सटाइलमा कार्यरत उद्योगका मज्दुरहरू रहेको इटहरी उपमहानगरका जनस्वास्थ्य नीरिक्षक घनश्याम सिग्देलले बताए । टेक्सास उद्याेगमा मा कार्यरत ३८ जना मध्ये अधिकांस इटहरीबाहिरका हुन तर आसपास नै डेरा गरी बसेको र उपमहानगरबाटै स्वाब संकलन गरिएकाेले इटहरी गनिएको बुझिएको छ ।
त्यस्तै अन्यमा इटहरी १३ मा ११ पुरुष १ महिला,इटहरी ६ मा ५ पुरुष २ महिला,इटहरी ११ मा ५पुरुष,पाँच नम्वर वडाका२ पुरुष ३ महिला, १२ नम्वर वडाका ३ पुरुष,दश नम्वर वडाका २ पुरुष,सोह नम्वर वडाका १ पुरुष १ महिला,वडा नम्वर १,७ र ८ का एक एक जना पुरुष,इप्रका इटहरी र शशस्त्र प्रहरीका एक एक पुरुष रहेका छन । यस्तै दुहवीका ४जना,गढिका ३ जना,विराटनगरका २जना,राजविराजका २ जना,वुढिगंगाका ३ जना,रामधुनी,गछिया र जहदाका एक एक जना छन । यो संगै इटहरीमा कुल संक्रमितको संख्या २ सय १२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
'दलिन अड्याउन बलियो थाम चाहिन्छ'... ... ... ...
इटहरी । सुनसरी जिल्लालाइ साक्षर जिल्लाको रूपमा घ... ... ...
इटहरी । पृथ्वीमान तुम्खेवा लिम्बू र सविना योङहा... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved