सरकारले निजी क्षेत्रलार्इ अवसर मात्रै देअाेस त देशकाे मुहार फेरेर देखाइदिन्छाै – उद्याेगपति महेस जाजु

  • प्रकाशित मितिः श्रावण 6, 2075
  • 247 पटक पढिएको
  • इटहरी दर्पण

 उद्योगीहरूको क्षेत्रमा महेस जाजु कुनै नौलौ नाम भने होइन । सामान्य ब्यवसायीबाट उद्योगपति सम्मको जिवन यात्रामा आइपुग्नु भएका समाजसेवी तथा उद्योगी महेश जाजुको आजभोलि चर्चा उतिकै चुलिएको छ । एसियन थाइ फुड्स प्रालीका प्रबन्ध निर्देशक तथा नेपाल बिस्कुट उत्पादक संघका उपाध्यक्ष समेत रहनुभएका उद्योगी जाजु पछिल्लो समय समाजसेवामा पनि उत्तीकै सकृिय रहदै आउनुभएको छ । मोरङ बिराटनगर महानगरपालीका घर भएका जाजु गत २०७० सालको संविधान सभाको दोश्रो निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट समानुपातिक उम्मेद्वार समेत बनिसक्नु भएका उहाँ काँग्रेसका क्रियासिल सदस्य पनि हुनुहुन्हुछ । उद्योग संगठन मोरङका पूर्व अध्यक्ष समेत रहनुभएका उद्योगपति जाजु संग करीडोर क्षेत्रमा रहेका उद्योगहरूको अवस्था र चुनौतीबारे गरीएको छाटो कुराकानी यस प्रकार छ ।

आज भोली के गर्दै हुनुहुन्छ ?

एउटा उद्योगी भएको नाताले आफ्नो क्षेत्रमा भएका उद्योगहरूको बारेमा नयाँ धारणा बनाउने र फुर्शदको समयमा समाजसेवातिर ब्यस्त हुदै समय बिताइरहेको छु ।

सुनसरी मोरङ औद्योगिक करीडोर भित्र रहेका ठुला तथा साना उद्योगहरूको अवस्था अहिले कस्तो छ ?

पहिला भन्दा अहिले केही सुधार भएको छ । पहिला नीति नियम केही थिएन अहिले नियम सबैमा लागु छ । पहिले उद्योगहरू धरासयी थिए भने अहिले धेरै जसो उद्योगहरू स्थापना हुने त्रफम जारी छ । करीब ५६० उद्योगहरू अहिले करीडोर क्षेत्रमा सञ्चालन हुदै आएका छन ।

उद्योग क्षेत्रमा हुने बेला बेलाको लोढसेडिङले के कस्ता नोक्सानहरू हुने गरेका छन ?

सर्वप्रथम त अहिले लोडसेडिङ त्यति हुदैन भन्नुपर्छ तर पनि प्राधिकरणको लापर्वाहीले कहिलेकाहि बिजुली जाने र आउने चै भइरहेको छ । जसले गर्दा उद्योग भित्र रहेका महंगा उपकरणहरूमा हाइ भोल्टेजहरूले क्षति पुग्ने गरेको छ । लाइन कति बेला जान्छ र कतिबेला आउछ त्यो कसैलाृइ थहा हुदैन पनि तर जुन तरीकाबाट लाइन आउछ त्यतिबेला भोल्टेजको मात्रा बढी हुन्छ जसका कारण उद्योग भित्र रहेका अति बहुउपयोगी मेसिनहरू क्षण भरमै खराब भएर बिग्रिदिन्छन त्यसको घाटा हामि जस्ता उद्योगीहरूले बेहोर्नुपर्छ ।

करीडोर क्षेत्रको उदेगहरूमा देखिएको अहिलेको बिद्यमान समस्या र चुनौतिहरू के के हुन ? त्यो बताइदिनुन ?

अहिलेको मुख्य समस्या भनेको जग्गा जमिन हरू नहुनु ।कसैले एउटा ठुलो उद्योग स्थापना गर्न खोज्यो जग्गा छैन । मरेर लिजमा लिएर खोलिएको हुन्छ फेरी सडकको पूर्वाधारनै छैन । सडक सञ्जाल अर्काे समस्या अनी अहिले बिद्यमान समस्या भनेको मज्दुर अभाव । भएका दक्ष कामदार सबै बिदेशिने क्रम बढदो छ । अहिलेकै अवस्था र्हेने हो भने पनि अधिकांस उद्योगहरुमा पूरुषहरु भन्दा महिला कामदारको संख्या बढी देखिन्छ । र्अको समस्या भनेको बिजुली सरकारले देशलाई लोडसेडिङ म’क्त बनाएको छ तर कतिबेला लाइन जाने र आउने समस्या अझै छ जस्ले र्गदा लाखौ मुल्य बराबरको अत िआवस्यकिय मेसिनरी सामग्रीहरु बिग्रिएको अवस्था छ । यस्ता समस्याहरु थुप्रै छन कुरै नगरौ ।।

हालै प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति तपाइको धारणा के छ ?

अहिले प्रदेश सरकारले ल्याएको जुन बजेट वा नीति तथा कार्यक्रम छ त्यो स्वागत योग्य छ । त्यसमा हामि जस्ता धेरै उद्योगीहरूको पनि मागहरू सम्बोधन भएका छन । यो हाम्रो लागि खुशीको कुरा पनि हो । अब कार्यानवयनको पक्ष कसरी अघि बढछ त्यो चै मुख्य ध्यान दिनुपर्ने कुरा हो । प्रदेश सरकारले बजेट ल्यायो भन्दै मक्ख पर्दै बसिहाल्ने अवस्था चै छैन ।कार्यानवयन पक्ष बलीयो बनाएर अघाडी बढाउन सके यसले प्रदेस सहित औद्योगिक बिकासमा ठुलो फडको मार्नेमा कुनै २ मत छैन ।

अहिले भन्सार करमा पनि उतिकै बृद्धि भएको पाइएको छ नि यसमा तपाइको बिचार के छ ?

भन्सार बृद्धिको बिषयमा भन्नु पर्दा चै देशमा राजस्व बढनु भनेको राम्रै हो । तर आयश्रोत नहेरी एकै पटकमा ह्वात्तै बढाउनु चै त्यो जायज नभएको भन्ने हाम्रो मान्यता हो । यस्ले ब्यवसायीहरू प्रत्यक्ष मार्कामा परेका छन जसका कारण सिंगो राष्ट्रमा मुल्य बृद्धिको भार बढछ र जनता मार्कामा पर्छन । हामि नबढाउनु भन्दैनौ तर राजस्व नीति हेरीनुपर्याे अनी कार्यानवयन पक्षलाई बलीयो बनाउनु पर्याे ।

अहिलेको राजस्व नीति हेर्ने हो भने ब्यवसायी देखि जनता समेत प्रत्यक्ष मार्कामा परेको देखिन्छ यसमा प्रदेश सरकाको भुमिका कस्तो हुनुपर्छ ?

यो राजस्व नीति यहाको भन्दा पनि केन्द्रीय सरकारले गर्नुपर्ने हो तर पनि प्रदेश सरकारले एउटा अभिभावकको भुमिका निर्वाह गरीदियो भने पनि हामि जस्ता उद्योगी लगायत ब्यापारी ब्यवसायीहरू र जनताहरू पनि लाभान्वित हुने देखिन्छ ।

अहिले एक नं प्रदेशमा मोनोरेलको चर्चा निकै चुलिएको छ । भौतिक पूर्वाधार नै राम्रो बिकसित नभइ रेलको चर्चा चल्नु कतिको जायज हो ?

अहिले के छ भने जस्ले पनि काम भन्दा कुरा बढी गर्ने प्रचलन छ । तर प्रदेशमा रेल आउनु भनेको हाम्रोलागि गौरवको कुरा हो । यसले प्रदेशको बिकासका ढोकाहरू खुल्ने छन । आर्थिक क्रान्तिमा टेवा पूग्दछ । पर्यटन प्रवर्दनमा ठुलो टेवा पुग्नेछ । तर भएका पूर्वाधारहरूलाई पहिला ब्यवस्थापन हुनुपर्छ नत्र यो सम्भव छैन । सडक निर्माण सम्पन्न भइसकेको छैन । यातायातका साधनहरू थोत्रा छन उनिहरूको ब्यवस्थापन गाह्रो बनिरहेको बेला मोनोरेलको चर्चा आउनु त्यति स्वोभाविक देखिदैन ।

एउटा उद्योगी भएको नाताले प्रदेश सरकारलाई सुझाव दिदा के कस्ता सुझावहरू दिन चाहनुहुन्छ ?

हामि समस्त उद्योगिहरूको चाहना भनेको औद्योगिक बिकास हो । बढी भन्दा बढीले रोजगार पाउन । सरकारलाई सबैभन्दा बढी राजस्व संकलन गरेर दिन पाइयोस ।देशमा बिकासका बाटोहरू खुलोस भन्ने हाम्रो चाहना हो ।

औद्योगिक करिडोर क्षेत्रमा अहिले मज्दुर अभावको हल्ला चलिरहेको छ यो त मुख्य चुनौतिको बिषय हो नि हैन र ?

एकदम सहि हो । दक्ष प्राविधिक तथा कर्मचारीहरू बिदेश पलायन भइदिएपछि एक पटक कामदारको खडेरी लागेको थियो तर अहिले केहि मात्रामा त्यो समस्या हल भएको अवस्था छ । देशमा बेरोजगार युवा युवतिहरूको संख्या पनि बढिरहेको अवस्थामा करीडोरका उद्योगहरूकै कारण ५० हजार भन्दा माथीले रोजगार पाएका छन । यो हाम्रो उपलब्धी हो ।

मोरङबाटै सञ्चालन हुने धेरै जसो उद्योगहरूले सरकारलाृइ नियमित कर तिरिरहेको अवस्था छ तर मापदण्ड बिपरीत सञ्चालन भएको भन्ने आरोप पनि लागिरहेको छ नि ?

सबै उद्योगहरू कानुनी दायरामा नहोलान तर तिनिहरूलाई सरकारले कानुनी दायरामा ल्याउन आन्तरीक पहल सुरू गर्नुपर्छ । देशको सबै भन्दा बलीयो अर्थतन्त्र भनेको उद्योग नै हो । एउटा उद्योग बन्द हुनु भनेको राज्यलाई अरबौको राजस्व घाटा हुनु हो । त्यसैले उद्योग र उद्योगीहरू मार्कामा पार्ने काम सरकारले नगरोस । मेरो भनाइ यति नै हो ।

एक नं प्रदेशमा पर्यटनका सम्भावना निकै बलीयो देखिन्छ यसलाई अझै सकृिय बनाउन प्रदेश सरकार र स्थानीय सरकारसंग नीजि क्षेत्रको सहकार्य कस्तो रहने छ ?

यसमा हाम्रो भुमिका र सकृियता दुवै सकरात्मक पक्षबाट हुन्छ । हामि गौरव गर्छाै कि संसारको सबै भन्दा अग्लो हिमाल सगरमाथा एक नं प्रदेशमै पर्छ । त्यसै गरी ८५ हजार मेगावाट सम्मको बिजुली उत्पादन क्षमता भएको नदिहरू पनि यहि प्रदेशभित्रै पर्छ ।यो भनिरहदा यस क्षेत्रमा पर्यटकहरूको पनि लृको उत्तीकै लाग्ने गरेको छ । यसमा पनि सबै भन्दा बढी पर्यटकहरू भित्रिने सगरमाथा जुन देशकै गौरव हो त्यस्लाृइ मात्र राम्रो संग ब्यवस्थापन मात्रै गरिदिने हो भने बिकल्प अरू केही खोज्नै पर्दैन । त्यसको लागि सरकारले पूर्वाधार तयार पारेर नीजि क्षेत्रकोलागि लगानी गर्ने अवसर देओस हामि गरेर देखाइदिन्छौ ।

अन्तिममा के भन्न चाहनुहुन्छ ?

म एउटा उद्योगी भएको नाताले सम्पुर्ण देशबासीहरूमा के भन्न चाहन्छु भने हामिले उत्पादन गरेको सामग्रीहरूलाई बजार सम्म पूर्याएर राखिदिने सम्मको काम गरिदिन्छौ तपाइहरू उपभोक्ता बनेर ति सामग्रीहरू रूचाइदिनुहोस । स्वोदेशमा बनेका सामग्रीहरू त्यति प्रयोग भएको पाइदैन हामि बिदेशीको मुख ताक्ने बानी परिसकेका छौ । स्वदेशमै या तपाइ हाम्रै सहरमा एक शय एक गुणस्तरीय एवम स्वास्थ्यलाृइ फाइदा पुग्ने खालको खाद्यन्नहरू उत्पादन भएका हुन्छन ति सामग्रीहरू रूचाइदिनुस ।

प्रतिक्रिया दिनुहोस