६ महिना अघि नेपाली सेनामा भर्ति हुन्छु भनेका युवा अहिले मृत्युसंग लडदै असपतालको आइसियुमा

  • प्रकाशित मितिः भदौ 25, 2077
  • 240 पटक पढिएको
  • प्रदेश दर्पण

  • तेजबहादुर बन 

इटहरी । ६ महिना अघि नेपाली सेनामा भर्ति भएर परिवार पाल्छु भनेर सपना बोकेका एक युवा अहिले अस्पतालको आइसियुमा मृत्यु संग लडिरहेका छन ।यो अठोट अर्घखाची जिल्लाको मलहारी गाउपालीका ४ निवासी १९ वर्षिय किशोर प्रदिप नेपालीले करीब ६ महिना अघि गरेका थीए । तर अहिले उनि आफै मृत्युसंग लडिरहेका छन । एक वर्ष अघि १२ को परिक्षा दिएर बसेका उनि नेपाली सेनामा जागिर खाने अभ्यास थाल्ने क्रममा रहेका थीए । 

गत चार महिना अघि बिरामि परेपछि उनलाइ अस्पताल लगेर उपचार गर्दा चिकित्सकहरूले दुवै मृगौला खराब भएको र चाडै प्रत्यारोपण गर्न अनुरोध गरेपछि अहिले उनको सिंगो परिवार तनाव र पिडामा परेको छ । नेपाली सेनामा जागिरे भएर परिवार पाल्ने प्रदिप अस्पतालको शैयामा मृत्यु संग लडन पुगेपछि उनको परिवारको होस गुमे जस्तै भएको छ । 

दुइ वर्ष अघि इटहरी निवासी सरीता रोक्कासंग प्रेम बिवाह गरेका प्रदिप अहिले लुम्बिनि अञ्चल अस्पताल अन्तरगत आइसियुमा रहेर उपचार्थ छन । उनको तत्काल मृगौला फेर्न त्यहाका चिकित्सकहरूले सुझाव दिएका छन । मृगौला दिन आमा तयार रहेपनि प्रत्यारोपण गर्न रू १६ लाख लाग्ने जनाएपछि परिवार नै आर्थिक संकटमा फसेको छ । 

118786326_1802278459913039_3237420461784607255_n  एक त कोरोनाको महामारीले देश आधा वर्ष लकडाउन भयो , खासै कमाइ केहि नभएका परिवारलाइ दैनिकि गुजार्न समस्या परिरहेको बेला आश गरेकै मान्छे बिरामि भएर असपताल भर्ना भएपछि अहिले पर्नु आपत परेको छ । आर्थिक अवस्था दयनिय रहेको परिवारमा १६ लाखको जोहो गर्न कठीन भइरहेको उनको परिवारले टेलिफोन मार्फत जानकारी दिएका छन । आश गरेको त्यहि  छोरा हो बचाउन हामि संग पैसा छैन के गर्ने ?अस्पतालकाे शैयामा छटपटाइरहेका प्रदिपका बाबा मेगबहादुर नेपालीले मलिनाे स्वाेरमा भने ! जेठाे छाेरा शसस्त्र प्रहरी बल नेपालमा कार्यरत रहेका छन । अहिले सम्म उनै उपचार खर्च बेहाेर्दै अाएकाे परिवारबाट बुझिएकाे छ । 

देशका ठुला बडा तथा नेता र मन्त्रीहरू सानाे बिमारी हुनासाथ बिदेश पुगेर उपचार गरेर भएपनि सकुशल फर्कन्छन तर हामि जस्ता गरिब के गर्ने र कस्लाइ गुहार्ने ? मेगबहादुरले प्रश्न गरे !

ppआगामि ६ महिना भित्र मृगौला फेर्न पाए छोराको ज्यान बच्ने तर प्रत्यारोपण गर्नलाइ रू १६ लाख लाग्ने बताएपछि सो रकम जोहो गृन गाह्रो भएको बाबा मेगबहादुरले बताए । आफु संग भएको सिरि सम्पति सबै बेचेर उपचारमा सकिएको मेगबहादुर बताउछन ।  जसो तसो ५ लाख जति रकम सहयोगबाटै उपलब्ध भएको तर यति रकमले अपुग भएको कारण देश बिदेशमा रहेका नेपालीहरूलाइ सक्दो सहयोग गरेर आफ्नो छोराको ज्यान बचाइदिन मेग बहादुरले अनुरोध समेत गरेका छन । सहयोगि महानुभावहरूलाइ सम्पर्क नम्बर    (9848856829 ) र मेघा बैंककाे अकाउण्ट नम्बर  (0740050031449) मा सहयाेग गर्न सक्नुहुनेछ । 

119031416_367563587741240_3098723072913788230_n

 
 

प्रतिक्रिया दिनुहोस