इटहरी । १सय २ बर्षीय दीर्घजीवी धरणी प्रसाद न्यौपानेले सात दिनमै खण्डकाब्य लेख्नुभएको छ । मोरंगको सुन्दरहरैचा ४ निवासी न्यौपानेको खण्डकाब्य “लीलाको स्तुति” लोकापर्ण गरिएको छ । मोहन सिटौलाले प्रकाशन गर्नुभएको सो कृति १सय २ बर्षीय न्यौपानेले उहाँकै निवासमा लोकापर्ण गर्नुभयो । शास्त्रीय छन्दका १सय ५५ श्लोक रहेको काब्य एकजना अपांगता भएकी ३७ बर्षीय युवतीका वारेमा लेखिएको छ ।
सेरेव्रल पल्सि रोगका कारण आँखा नदेख्ने,कान सुन्ने,कुरा वुझने तर अभिब्यक्त गर्न नसक्ने झापा चारपानेकी लिला सिटौलाको अब्यक्त भावनालाई खण्डकाब्यमा उतारिएको छ । ती युवतीले सूर्य स्तुती मार्फत उज्यालोको खोजी गरिएको छ । सपनामा आफना वारेमा लेख्न आग्रह गरेपछि आफूले सो कृति तयार पारेको लेखक न्यौपानेले वताउनुभयो । लोकापर्ण कार्यक्रममा प्रकाशन सहयोगी मोहन सिटौला र डिल्लीराम सिटौलाले शिक्षा क्षेत्रमा धरणीधर न्यौपानेले पुरयाउनुभएको योगदानको चर्चा गर्नुभयो ।
साहित्यकार गोपाल संग्रौलाले पुस्तकमा काब्य नायिकाले सूर्य स्तुती मार्फत आफना भावना अनुभूत गर्नुका साथै नैतिक शिक्षा समेत दिएको वताउनुभयो । समाजशेवी प्रेम प्रकाश सिटौलाले उमेरले १सय २ बर्ष पुगे पनि धरणीधर गुरुको कार्य भने अझै तन्नेरीको झै रहेको वताउनुभयो । धरणीधर न्यौपानेका नाती त्रिभूवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सह परीक्षा नियन्त्रण नन्द न्यौपानेले पुस्तकमा एक जना अपांडगता भएकी युवतीमार्फत आवाज विहिनको आवाज वुलन्द भएको वताउनुभयो ।
कार्यक्रमका अध्यक्ष डिल्लीराम सिटौलाले तेहथुमको चुहानडाँडामा त्यो समय शिक्षाको उज्यालो प्रकाश छरेर हजारौलाई ज्योति प्रदान गर्नुभएको भन्दै न्यौपानेको प्रशंसा गर्नुभयो । तेहथुम चुहानडाँडा वाट ताप्लेजुङ्ग ढुगेसाँघु वसाई सरेर जननेता मदन भण्डारीलाई समेत अक्षर चिनाउनुहुने गुरुलाई राष्ट्रलेनै सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । १सय २ बर्षीय काब्यकार न्यौपानेका छोरा मोहन न्यौपानेका अनुसार उहाँ अहिले सम्म चश्मा नलगाइ लेखपढ गर्न सक्नुहुन्छ । केहि न केहि गरेर वस्ने धरणीधर न्यौपाने अहिले पनि अर्को काब्य सृजना गरिरहनुभएको छ ।
उहाँ आफना सवै नित्य कर्म सहज ढंगले गर्दै आउनुभएको छ । आज लोकापर्ण गरिएको कृति सहित उहाँका आधा दर्जन कृति प्रकाशित छन । न्यौपाने वंशावली,ग्राहस्थ्य शिक्षा,कोशी सामाजिक खण्डकाब्य,गन्तब्य गोरेटो आत्मकथा र कविता संग्रह प्रकाशित छन ।
प्रतिक्रिया दिनुहोस
दक्षिण कोरीया (सिउल) / दक्षिण कोरीयामा प्रवासी न... ... ...
सुनसरी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्या... ... ...
सुनसरी । एसियाकै ठुलो अस्पताल भनेर ख्याती कमाएको ... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved