इटहरीवासिकाे गुनासाे : बाहिर निस्कियाे काेराेनाकाे डर , भित्र बस्याे धुलाेकाे कहर ! 

  • प्रकाशित मितिः भदौ 27, 2077
  • 180 पटक पढिएको
  • प्रदेश दर्पण

  • तेजबहादुर बन

इटहरी । पछिल्लो ३ महिना यता सिंगो इटहरी शहर कोरोना भाइरसको सन्त्रासले अक्रान्त छ ।  समुदायस्तरमा  संक्रमण फैलिएपछि  इटहरी जोखिममा पर्दै आएको छ ।

बिगत ५ महिनादेखि कोरोनाको कहर खेप्दै आएका इटहरीवासीहरू हाल  अब्यवस्थित राजमार्गबाट उडने धुलोका कारण झनै सास्ती खेप्नु परिरहेको दुखेसो गर्न थालेका छन । सम्बन्धित निकायले राजमार्ग ब्यवस्थित नगर्दा दैनिक गुडने सवारी साधनहरू र हावाको वेग संगै उडने धुलोको कारण थप समस्या उत्पन्न भएको राजमार्ग संग जोडिएर बसोबास गर्दै आएका स्थानीयहरूको गुनासो छ ।

बिशेष गरी कोशी राजमार्ग अन्तरगत निर्माणधिन ६ लेन सडकको इटहरी – बिराटनगर रोडस्थित बसोवास गर्ने नगरवासीहरू हाल प्रत्यक्ष मार्कामा परेका छन । बिराटनगरको रानी देखि धरान सम्मको राजमार्गलाइ ६ लेनको बनाउने लक्ष्य सहित दुइ बर्ष  देखि थालिएको काम बिचमा रोकिदा राजमार्गमा बिभिन्न कठिनाइहरू आउने गरेका छन ।

बर्षाको समयमा पर्ने पानीले हिलाम्मे र डुबानको समस्या भोग्दै आएका इटहरीवासी अहिले बर्षा सकिएर घाम लाग्न सुरूहुदा धुलो र धुवाबाट पिडित बनिन थालेका छन । मुख्यतय इटहरी धरान रोड र बिराटनगर रोडमा अहिले धुलो आतंक छ । धुलोकै कारण सो क्षेत्रका ब्यवसायीहरू प्रत्यक्ष मार्कामा परेका छन ।

करीब ५ महिना लकडाउन हुदा नखुलेका ब्यवसायहरू लकडाउन खुकुलो भएसंगै सुचारू गरेपनि धुलोको कारण थप समस्यामा परेको बताएका छन । एक त कोरोनाको कहरले ग्राहक आउदैनन त्यसमा पनि यो धुलोले सामान सबै बिगार्छ सम्बन्धित निकायले बेलैमा सडक मर्मत गरे यो समस्याबाट मुक्ति पाइन्थीयो कि रु इटहरी बिराटनगर रोडमा अवस्थित मामा भिसिडि तथा फोटो स्टुडीयोका सञ्चालक गोपाल बुढाथोकि बताउछन ।

सम्बन्धित निकायले राजमार्ग निर्माणमा चासो नदेखाएपछि दैनिक उत्पन्न हुने राजमार्गको धुलोले मानव स्वास्थ्यमा नकरात्मक असर पर्नुका साथै इटहरीको बाताबरणमा समेत प्रत्यक्ष असर परिरहेको देख्न सकिन्छ ।

भत्किएका राजमार्गहरू निर्माण नै नगरी  जथाभावी छाडीदिदा दैनिक आवतजावत गर्ने शयौ सवारीसाधनले खाल्डोमा जमेको पानी सोझै आफ्नो पसलमा पूर्याइदिने गरेको बिराटनगर रोडकै सपना मोबाइल सेन्टरका सञ्चालक खडग श्रेष्ठ बताउछन । त्यस्तै छेउमै रहेको मेडिकल सञ्चालकको पनि त्यस्तै गुनासो रहेको छ ।

यति मात्र नभइ सोही राजमार्गमा गुडने एम्बुलेन्स भित्रका बिरामिहरू पनि इटहरी आइपुग्दा अनाहक धुलोको सिकार हुने  गरेका छन । राजमार्गमा उडने धुलोकै कारण इटहरीका अधिकांस गृहणीहरू समेत रूस्ट देखिएका छन ।

बिराटनगर रोडकि मेनुका रसाइली सडकको धुलो सिधै घरभित्र छिर्ने गरेकोले कपडा खाद्यन्न सबै बिग्रने गरेको गुनासो गर्छिन । बिहान लुगा धोएर छतमा सुकायो साझ उठाउने बेला झन मैलो भइरहेको हुन्छ धुलोको कारण स्वास्थ्य बिग्रन्छ भन्ने डर भइसक्यो उन्ले भनिन ।

यता यस बिषयमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, इटहरीका इञ्जिनियर उपेन्द्र दाशसंग कुरा गर्दा उनले कोरोना संक्रमणको कारणले सरकारबाट लकडाउन घोषणा भएसंगै काम रोकिएको र मज्दुर अभाव संगै निर्माण सामग्रीको पनि अभाव भएकोले निर्माणको कामहरू रोकिएको तर अबको एक साताबाट पुन सडक निर्माणको काम सुचारू हुने बताए । 

 

प्रतिक्रिया दिनुहोस