इटहरीका नयाँ डिएसपी अर्जुन भन्छन – 'कानुन संग कुनै सम्झौता नगरी काम गर्छु'

  • प्रकाशित मितिः भदौ 28, 2077
  • 889 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा आएका नयाँ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ९डिएसपी ० अर्जुन केसीले कानुन संग सम्झौता नगरी काम गर्ने प्रतिवद्धता जाहेर गरेका छन । इलाका प्रहरी कार्यालय इटहरीको भवनमा गरिउको पत्रकार संगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा नयाँ डिएसपि केसीले यस्तो बताएका हुन । 

यस अघिका प्रहरी प्रमुखहरूले के गर्नुभयो के गर्नुभएन त्यो थहा नभएको तर आफु रहुन्जेल राम्रो काम गरेर इटहरीवासीको मन जितेर बिदा हुनेमा बिस्वस्त रहेको उनले बताए । 

इटहरी भित्र रहेका मुख्य चुनौतिका बिषयहरू अध्यन गरि अपराधिक गतिविधिलाइ हदै सम्म निर्मुल बनाउनेमा आफु कटिवद्ध रहेको पनि उनले बताए । साथै प्रहरी कार्यालयलाइलाइ सञ्चारमैत्रि बनाउन इटहरी क्षेत्रमा रहेर पत्रकारीता गर्दै आएका सञ्चारकर्मिहरू संगको सहकार्य अनिवाृय रहने उनको भनाइ छ । 

इटहरीमा आए लगत्तै आर्थिक लेनदेन तथा बित्तीय अपराधको बिषयमा धेरैले गुनासो गरेको र त्यसैको अध्यन र अनुशन्धानमा लागेको पनि डिएसपी केसीले बताए । त्यस्तै पछिल्लो समय इटहरीमा भएका लागु औषध दुर्व्यवस्नीका घटनाहरू पनि सुनेको साथसाथै बेश्यावृतिको बिषयमा पनि सुक्ष्म अनुशनधान गरिरहेको उनले जनाए । 

प्रतिक्रिया दिनुहोस