इटहरीकि साहित्यकार गिता भट्टराईद्धारा आत्महत्या , घटना रहस्यमय

  • प्रकाशित मितिः भदौ 29, 2077
  • 3211 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । सुनसरीको इटरीस्थित चर्चित साहित्यकार गिता भट्टराई सोमबार साझ आफ्नै कोठामा भुण्डिएको अवस्थामा फेला परेकि छिन । इटहरी पाँच पच्रुखी निवासी साहित्यकार भट्टराइले किन आत्महत्या गरिन सो कारण भने केहि नखुलेको स्थानीयहरुको भनाइ छ ।

पच्रुखीमा कपडा ब्यवसाय गर्दै आएका श्रीमानले पसल बन्द गरेर घर जादा सो घटनाबारे जानकारी पाएको बताएका छन । भित्रबाट लगाएको ढोका खोल्न आग्रह गर्दा नखोलेपछि झ्यालबाट हेर्दा कोठाको सिलिङमा पासो लगाएको अवस्थामा मृत फेला परेकि थिइन ।

इटहरी निवासी भट्टराई पछिल्लो समय लेख रचना , कविता तथा गायन क्षेत्रमा समेत सकिृय रहदै आएकि थिइन ।

प्रतिक्रिया दिनुहोस