" जिन्दगिमा कहिले हरेस नखानु'' भन्ने गिताले नै संसार त्यागिन : श्रद्धाञ्जली दिनेहरूको ओइरो

  • प्रकाशित मितिः भदौ 30, 2077
  • 1220 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी ।अहिले अधिकांसको सामाजिक सञ्जाल  इटहरीकि साहित्यकार गिता भट्टराईको  श्रद्धाञ्जलीबाट भरिभराउ देखिन्छ । सोमबार साझ इटहरीमा अपत्यारीलो खबर सार्वजनिक भएको थीयो ।  इटहरी ५ पच्रूखी निवासी चर्चित साहित्यकार  गिता भट्टराइले आफ्नै घरको कोठामा झुण्डिएर प्राण त्यागेको समाचार बाहिरिरहदा धेरैले सत्य नभएको , अफवाह फैलाइएको भनि पत्याउन गाह्रो मानेका थीए ।

'तर हुनहार दैव नटार' भने झै सोमबार अकल्पनीय समाचारको सामना गर्नुको बिकल्प रहेन । जुन हल्लालाई असत्य मानिएको थीयो त्यो सत्य प्रमाणित भएसंगै इटहरीले मात्र नभई प्रदेश एकले नै एक हुनहार गजलकार , साहित्यकार एवम गायिका गुमाउन पुग्यो जसले सिंगो इटहरी मर्माहित बनिन पुगेको छ ।

साहित्यकार भट्टराइले गरेको अकल्पनीय निर्णयप्रति धेरैले छनविनको माग गरेका छन भने केहिले डिप्रेसनकै कारण आत्महत्या रोजेको हुन सक्ने प्रतिक्रिया दिदै आएका छन । सोमबार दिउसो देखि नै  घरमा एक्लै बस्दै आएकि भट्टराइकाे बारेमा उनका श्रीमान पसल बन्द गरेर घर पुगेपछि मात्रै घटनाबारे थहा भएको थीयो ।

पचरूखीमा कपडा ब्यवसाय गर्दै आएका श्रीमानले दिउसो श्रीमति पसल नआएपछि सोधि खोजि गर्न घर पुग्दा घटनाबारे थहा पाएको बताइएको छ ।  उनले आत्महत्या किन गरिन कारण पत्ता लगाउन नसकेपनि धेरैले डिप्रेसनको कारण घटना हुन सक्ने बताइएको छ ।

कुनै समय जिन्दगिमा कहिले हरेस खानुहुन्न भनेर सार्वजनिक कार्यक्रमहरूमा बकतब्य दिने साहित्यकार स्वयमले सोमबार आत्महत्याको बाटो रोजेपछि धेरैले घटनाबारे चासो ब्यक्त गर्दै सामाजिक सञ्जालहरूमा श्रद्धाञ्जली अर्पण गरेका छन । 

इटहरीकि उपमेयर लक्ष्मी गौतमले पनि साहित्यकार भट्टराइले आत्महत्या गरेको खबर पत्याउनै नसकेको भन्दै उनि प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उपमेयर गौतमले सोमबारनै सामाजिक सञ्जाल मार्फत स्वर्गीय भट्टराइ प्रति श्रद्धाञ्जली ब्यक्त गर्नुभएको हो । साहित्यकार भट्टराइलाई मंगलबार पनि श्रद्धाञ्जली दिनेहरूको लर्को लागेको छ । उनलाइ कोरोना महामारी बिच प्रत्यक्ष भेटेर श्रद्धाञ्जली दिन नसकेको कारण देखाउदै धेरै जसोले सामाजिक सञ्जाल मार्फत नै श्रद्धाञ्जली दिएका हुन ।  साहित्यकार भट्टराइकाे मंगलबार हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएकाे छ । 

प्रतिक्रिया दिनुहोस