इटहरीमा ८ महिने शिशु सहित २० जनामा कारोना संक्रमण पुष्टि : संक्रमित हुनेको संख्या ३५० पुग्यो

  • प्रकाशित मितिः भदौ 30, 2077
  • 346 पटक पढिएको
  • प्रदेश दर्पण

  इटहरी । इटहरीम मंगबार साझ ८ महिने शिशु सहित थप २० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । गत भदाै २६ र २७ गते  स्वाब संकलन गरी ल्यावमा पठाउदा प्राप्त रिपाेर्ट अनुसार मंगलबार २० जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

थपिएका संक्रमितहरूमा इटहरी ४ का ३३ वर्षिय पुरुष,इटहरी ५ का ४२ र ४६ वर्षिय पुरुष ,इटहरी ९ का ८ महिनाको शिशु र १९ वर्षिय महिला, इटहरी १० का २७,६५ र ७० वर्षिय पुरुष, इटहरी १३ का १८ र ४५ वर्षिय पुरुष, इटहरी १६ का ४४ वर्षिय पुरुष, इटहरी १९ का ५५ वर्षिय पुरुष, इटहरी २० का ३७ वर्षिय २ जना महिला र ३० बर्षिय पुरुष, ससस्त्र प्रहरीका ३३ र ३८ वर्षिय पुरुष, इ. प्र. का. इटहरीका २४ वर्षिय पुरुष र ३५ वर्षिय महिला, सुन्दरहरैचा ५ का ३० वर्षिय पुरुष रहेका छन । याे संख्या संगै इटहरीमा काेराेनाबाट संक्रमित हुनेहरूकाे संख्या ३५० पुगेकाे छ । 

प्रतिक्रिया दिनुहोस