इटहरीका होटलहरू अशोज १ गतेबाट सञ्चालनमा आउने : डिएसपीलाइ स्वागत सम्मान

  • प्रकाशित मितिः भदौ 31, 2077
  • 210 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा हालै कार्यभार सम्हाल्न आएको नयाँ डिएसपी अर्जुन केसीलाइ होटल ब्यवसायि संघ इटहरीले बुधबार बिहान स्वागत तथा सम्मान  संगै एक अन्तरकृिया कार्यक्रम सम्पन्न गरेको छ ।

कोरोना महामारी र समुदाय स्तरमा फैलिएको संक्रमणको जोखिमलाइ मध्य नजर गर्दै अबका दिनमा कसरी होटलहरू सञ्चालन गर्ने भन्ने बिषयमा अन्तरकृिया सम्पन्न भएको थीयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले सुरक्षा सतरकता अपनाएर जोखिमलाइ पनि मध्यनजर गर्दै ब्यवसायहरू सञ्चालन गर्न पाउनुपर्ने धारणा राखेका थिए ।

त्यस्तै इटहरीका होटल व्यवसायिहरूले पनि सबै ब्यापार ब्यवसायहरू सञ्चालन भइरहदा होटललाइ मात्रै बन्देज गरिदा आफुहरू प्रत्यक्ष मार्कामा परेकोले अब होटलहरू पनि सावधानी अपनाएर खोल्न पाउनुपर्ने माग गरेका थीए ।

त्यस्तै कार्यक्रमका सभापति तथा होटल ब्यवसायी संघका अध्यक्ष जिवन पराजुलीले ६ महिना देखि होटल व्यवसायहरू बन्द रहदा अरबौको लगानी डुब्ने खतरा बढेकोले कोरोना महामारीको बिचमा सुरक्षा सतरकता अपनाएर भोली अशोज १ गतेबाट होटलहरू सञ्चालन गरिने उदघोष गरेका थीए । ब्यवसाय सञ्चालनकाे माग गर्दै बिगतमा हाेटल व्यवसायीहरूले सरकारलाइ ज्ञापन पत्र समेत बुझाएकाे थीयाे ।

सरकारकाे तर्फबाट हाेटल ब्यवसायीहरूलाइ कुनै राहतकाे प्याकेज नअाएकाेले बाध्य भएर ब्यवसाय नै सञ्चालनमा ल्याउनुकाे बिकल्प नरहेकाे संघका अध्यक्ष पराजुलिले बताए । कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले मर्यादित र व्यवस्थित ढंगले व्यवसाय सञ्चालन गर्दा प्रहरी प्रसाशनले कुने बाधा उत्पन्न नगराउने बताएका थीए । 

प्रतिक्रिया दिनुहोस